२३ जिल्लाका सिडिओसहित ३१ जनाको सरुवा

२३ जिल्लाका सिडिओसहित ३१ जनाको सरुवा


काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित ३१ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । गृह मन्त्रालयले काठमाडौँसहित धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, ललितपुर, धादिङ, रुपन्देही, सुर्खेत, बारा, मकवानपुर, काभ्रे, कास्की र बाँके का सिडिओको सरुवा गरेको हो ।यस्तै, मुस्ताङ, जाजरकोट, रुकुम पूर्वी र बझाङका सिडिओको पनि सरुवा भएको छ । 

गृह मन्त्रालयले काठमाडौंका सिडिओ रामप्रसाद आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । संघीय राजधानी काठमाडौँमा जनकराज दहाललाई ल्याएको छ । उनी यसअघि झापाका सिडिओ थिए । 

सिडिओ सरुवा भएका धनकुटा, सप्तरी, महोत्तरी, काभ्रे र पाल्पामा भने कायमुकायम प्रमुख जिल्ला अधिकारी खटाइएको छ ।

कुन जिल्ला सिडिओ कहाँ भए सरुवा  ? 

संम्बधित खबर

विशेष