News

प्रधानमन्त्री ओली ७४औं राष्ट्रसंघीय महासभामा नजाने

प्रधानमन्त्री ओली ७४औं राष्ट्रसंघीय महासभामा नजाने

काठमाडौं । राष्ट्रसंघीय ७४ औं महासभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सट्टा नेपाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने भएका छन् ।

तीन सातापछि न्यूयोर्कमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री नजाने टुंगो  भएको परराष्ट्र सचिव शंकर बैरागीले बताए । प्रधानमन्त्री ओली हाल स्वाथ्योपचार क्रममा सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा छन् । 

अझै एक सातासम्म उपचारका क्रममा देशबाहिर रहने र त्यसपछि तत्कालै शरीरिक सक्रियता देखाउन मुस्किल पर्ने भएकाले महासभामा उनी सहभागी नहुने निर्णय भएको हो । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

केपी शर्मा ओली प्रदीपकुमार ज्ञवाली

विशेष