बाबुराम भट्टराईले भारतसँग गरेको बिप्पा सम्झौता सर्वोच्चद्वारा वैध ठहर

काठमाडौंः तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँग गरेको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा) लाई सर्वोच्च अदाललते बुधबार वैध ठहर गरेको छ ।
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की सम्मिलित संवैधानिक इजलासले बिप्पालाई वैध ठहर गरेको हो ।
तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणमा जाँदा २०६८ कात्तिक ४ गते उक्त देशसँग बिप्पा सम्झौता भएको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकबाट लिइएको हो ।
डा. बाबुराम भट्टराई बिप्पा सम्झौता वैध