प्रतिनिधि सभा शुन्य समय कसले के भने ?

प्रतिनिधि सभा शुन्य समय कसले के भने ?


काठमाडाैँ ।  प्रतिनिधि सभाको विहीबारको बैठक १ बजे सुरु भयो । शुन्य समयमा सांसद्हरुले आ–आफ्ना क्षेत्रका समस्या सुनाए । एक मिनेटसम्म मात्र बोल्न मिल्ने शुन्य समयमा कसले के भने ? सांसद्हरुका भनाइ जस्ताको तस्तै ः

लालकाजी गुरुङ
गत भदौ ५ गते पर्वतमा पहिरो गई घटनामा मृत्यु भएकालाई राहत उपलब्ध गराउन आग्रह गर्दछु । पर्वतका दुर्गमका बाटोको स्तरोन्नतिको माग गर्दछु । 

वसन्त कुमार नेम्बाङ
सबैको घरमा उज्यालो पुगोस् भनेर तीन वर्षभित्र पूर्ण विद्यूतीकरण गर्ने भनेकोमा यस वर्षभित्र ४० जिल्लामा पूर्ण विद्युतीकरण गर्नुपर्छ । ६० मध्ये ३८ मा भैसकेको छ । केहीमा बाँकी छन् । पुर्वाधार पुगेको छ । 

विन्दा पाण्डे 
संविधानले कसैलाई राज्य विहीन नबनाउने भनेकोमा नागरिकता विधेयक अझै पारित भएको छैन । आधारभूत समस्याबाट पनि नागरिक वञ्चित छन् । नागरिकता विधेयक यही अधिवेशनबाट पारित गरियोस् । विधेयक पारित गर्न समय लागे शिक्षा, स्वास्थय लगायतका वैकल्पिक व्यवस्थाका लागि संसद्ले निर्देश गरोस् ।

विमला विक
वैदेशिक रोजगारीमा जाने युवाहरुले श्रम स्वीकृति विचौलियामार्फत गर्नुपर्ने देखिन्छ । श्रम विभागमा सहयोग केन्द्र स्थापना गरी विचौलिया नियन्त्रण होस् ।

विरोध खतिवडा 
अभिभावकले यमराज देखाउन रिंगरोड देखाउँछन् । क्रसिङ नहुनु, टिपरको बौलाहा दौडाइले मासिक ७ जना बढीको मृत्यु हुन्छ । सुविधाजनक ढंगले रिंगरोड क्रस गर्ने वातावरण बनाइयोस् ।  

विष्णु शर्मा 
तीज र ऋषि पञ्चमीको शुभकामना । चाड मनाउने नाममा विकृति भैरहेको छ । पार्टी प्यालेसमा बन्देज राम्रो हो । चाडबाडको नाममा तडक भडक होइन सामान्य तरिकाले मनाऔँ ।

शान्तिमाया तामाङ पाख्रिन 
सभामुख महोदय, नामै सुन्दा पनि दुश्मनहरुको मुटु थर्किने, देशभक्त, जनभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको असल स्वाभिमानी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सभामुखमार्फत शीघ्र स्वास्थ लाभको कामना गर्छु धन्यवाद ।

सत्यनारायण शर्मा खनाल
स्क्रब टाइफस र इन्फ्लुयन्जा जस्ता रोगले तराईका विभिन्न जिल्लामा हाहाकार मच्चाइरहेको छ । भदौ १० गते यिनै रोगका कारण २६ वर्षीया तारा न्यौपाने मृत्युवरण गर्नुपर्यो । ६ वर्षीय छोरी छाडेर त्याग्नुपर्यो ।

माननीय मन्त्री विरामी परे त तारा न्यौपाने जस्ता पाखुराले सिञ्चि करबाट विदेशमा उपचार गर्नुहोला तर तारा न्यौपानेजस्ता कति ताराहरुले उपचार नपाएर कहिलेसम्म समस्यामा पर्नुपर्ने हो । सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु । 

सत्य पहाडी
काठमाडौँ लगायतका जिल्लामा शिक्षकको दरबन्दी धेरै डोल्पामा न्युन भएकाले देशभरको दरबन्दी मिलान गरियोस् । जाजरकोटबाट आउँदै गरेको गाडी हिजो दुर्घनामा परेकाले घाइतको स्वास्थ्य लाभ उपचारको कामना गर्दछु ।


सरिता गिरी 
श्री एअरलाइन्स सप्तरीमा ४ दिनमात्र विमान चल्छ । जनता महँगो भाडा तिरेर यात्रा गर्न बाध्य छन् । नेपाल एअरलाइन्सले पनि एअरलाइन्स थप्नुपर्छ । सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु । 

सीताराम महतो 
कोशी व्यारेजमा अनशन जारी छ । २०११ को कोशी सम्झौता अनुसार क्षतिपूर्ति, नेपाल भारत सम्झौता अनुसार सन्धि अनुसार काम गर्नुपर्नेमा भएन सरकारको ध्यानाकर्षण गराउँछु । 

सुजाता परियार
सुदुरपूर्वको पशुपतिनगरमा सरकारले वैशाख १५ गते अध्यागमन कार्यालय उद्घाटन भएपनि भारतले सञ्चालन गरेको छैन । भारत भुटान बंगलादेशबाट इलाम आउने गर्छन । दुवै देशको अध्यागमन कार्यालय सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।

सूर्यप्रसाद पाठक
परिवर्तन विरोधीले नियोजित ढंगले लोकतान्त्रिक संस्थालाई बद्नाम गराउन प्रयासरत छन् । जनप्रतिनिधिको जीवनशैली र कार्यशैलीको कारण समस्यामा खडा गरेको छ । भत्ता, विलासिताका साधन किन्न प्रतिस्पर्धा भएका छन् । परिवर्तन विरोधीले यसमा खेल्न सक्छन् । दललाई लगाम लगाउन आग्रह गर्छु ।

स्मृति नारायण चौधरी 
किसानले खेती गरिहरेका छन् मलखाद छैन । ७ लाख मेट्रिक टनमा ३ लाख मात्र ल्याएको छ । २ नम्बरमा मलखादको व्यवस्था होस् । 

हृदयेश त्रिपाठी
नागरिकता विधेयक राज्य व्यवस्थामा अड्किएको छ । तर संविधानका व्यवस्था बढेको छैन । अविश्वास दुर्नियतको शंका बढेको छ । न्यायालय होइन अदालत हो । एउटै एनसेललमा ४ पटक निर्णय भयो । नगारिकता विधेयक पारित गरियोस् ।

ज्ञानकुमारी छन्त्याल
वागलुङ २ बुर्तिबाङको प्राथमिक स्वास्थ्य चौकीलाई जिल्ला अस्पतालमा स्तरोन्नतरी गरी औषधी, विषयगत डाकटर उपलब्ध होऊन् ।

ज्ञानेन्द्र कार्की 
तामाकोशी समयमैँ नबन्ने आशंका व्याप्त छ । तामाकोशी यो वा त्यो बहानामा विलम्ब नगरी बिजुली उत्पादन गरेर देश लाभान्वित गराउन सरकार लागोस् धन्यवाद । 


 

संम्बधित खबर

विशेष