विदेश

दुई गलफ्रेन्डसंग एउटै जग्गेमा विहे

दुई गलफ्रेन्डसंग एउटै जग्गेमा विहे

केटी साथी जतिवटा बनाएपनि अन्तिममा विहे एकजनासंग विहे गर्ने प्रचलन विपरीत इण्डोनेशियाका एक युवाले दुईवटै गलफ्रेन्डसंग धूमधामसंग विहे गरेका छन् । ती युवाले भने– ‘म दुवैको दिल दुखाउन चाहन्नथें, त्यसैले एकसाथ विवाह गरेको हुँ ।’ युवकले दुवै केटीका परिवारलाई ५, ५ हजार दाइजो स्वरुप पठाएका छन् । 

इण्डोनेशियामा दाइजोको प्रकोप छ । जहाँ केटाको परिवारले केटीका परिवारलाई दाइजो बुझाउनु पर्छ । दाइजो बुझाउनुको अर्थ  म तिम्री छोरी पाल्न सक्छु भन्ने हो । कुरान धर्म  परम्पराअनुसार चारवटा विवाहलाई मान्यता दिएको पाइन्छ । तर त्यसको शर्त के भने अघिल्लो पत्नीले स्वीकृति दिएको हुनुपर्छ । इण्डोनेशियाको कानुनले  यदि केटा एकभन्दा बढी पत्नी पाल्न सक्षम छ भने उसलाई बहुविवाहको मान्यता दिएको छ । 

इण्डोनेशिया गर्लफ्रेन्ड

विशेष