कोलम्बियामा फेरि युद्ध सुरु भएको फार्क कमाण्डरको घोषणा
काठमाडौँ । कोलम्बियामा पूर्व फार्क कमाण्डरले पुनः सशस्त्र युद्ध सुरु भएको घोषणा गरेका छन् । पूर्व फार्क कमाण्डर इभान मार्कवेजले भिडियो सन्देश मार्फत युद्धको घोषणा गरेका हुन । उनले समर्थकलाई हतियार उठाउन आग्रह गरेका गरेका हुन् ।
सरकारले विश्वासघात गरेको आरोप उनको छ । वर्तमान राष्ट्रपति इभान दुक्वे सत्तामा आएपछि पूर्व विद्रोहीमाथि अत्याचार मौलाएको उनको आरोप छ । राष्ट्रपति इभानले बिद्रोहीहरु आतंकवादी बनेको र भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको सहयोगमा बसिरहेको दावी गरेका छन् ।
कोलम्बिया सरकारले मार्कवेजको भिडियोमा देखिएका व्यक्तिलाई पक्रनेलाई जनही ८ लाख ८२ हजार अमेरिकी डलर दिने घोषणा समेत गरेका छन् ।
सन् २०१६ मा शान्ति सम्झौतासँगै कोलम्बियामा ५० वर्षदेखि जारी फार्क सशस्त्र युद्धको अन्त्य भएको थियो । पूर्व फार्क कमाण्डर इभान सम्झौताका प्रमुख वार्ताकार समेत थिए ।