News

पूर्वसांसद गुप्तासहित पाँचजनालाई अपहरण मुद्दामा १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना

पूर्वसांसद गुप्तासहित पाँचजनालाई अपहरण मुद्दामा १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना

काठमाडौं : उच्च अदालत पाटनले अपहरण तथा शरीर बन्धक बनाएको कसुरमा पूर्वसांसद श्यामसुन्दर गुप्तालगायत पाँचजनाविरुद्ध १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ।

न्यायाधीश गुणराज ढुंगेल र टेकप्रसाद ढुंगानाको इजलासले गुप्ताका साथै आकाश लामा, जितबहादुर गोले भनिने विकास लामा, अमीर आचार्य र किशोर पाण्डेलाई दोषी ठहर गरेको छ। यही मुद्दामा जिल्ला अदालत काठमाडौंले उनीहरुलाई अपहरण तथा शरीर बन्धक बनाउने प्रयास गरेको मात्रै ठहर गरेको थियो।

त्यही कसुरमा उनीहरुलाई साढे ३ वर्षका दरले कैद सजाय हुने फैसलालाई उच्च अदालतले उल्ट्याएको हो। गुप्ता २०६८ माघमाव्यापारी पवनकुमार संघाईको अपहरणको मुख्य योजनाकार र फिरौतीबापत ८५ लाख रुपैयाँ लिने अभियुक्त हुन्।

सात वर्ष जेल सजाय तोकिएका गुप्ता ३ वर्ष ६ महिनामा नै जेलमुक्त भए। उनको बाँकी ३ वर्ष ६ महिना कैद सजाय मिनाह भएको हो। पूर्वसांसद गुप्ता तत्कालीन सद्भावना पार्टीका नेता थिए। डिल्लीबजरा कारागारमा रहँदा पनि उनी गैरकानुनी गतिविधिका कारण विवादमा पर्दै आएका थिए। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो। 

श्यामसुन्दर गुप्ता

विशेष