News

जापानी महिला सांसद्हरु उच्चस्तरीय भेटवार्तामा 

जापानी महिला सांसद्हरु उच्चस्तरीय भेटवार्तामा 

काठमाडौँ । नेपाल भ्रमणमा रहेको जापानी सांसद्हरुको एक प्रतिनिधि मण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ । जापानको लिबलर डेमोक्रेटिक पार्टीकी प्रमुख उपमहासचिव तथा निवर्तमान रक्षामन्त्री तोमोमी इमादा नेतृत्वको प्रतिनिधि मण्डलले आज राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

भेटमा द्धिदेशीय हित र आपसी सम्बन्धबारे छलफल भएको थियो । साथै आगामी जनवरीमा जापानी विदेशमन्त्रीको नेपाल भ्रमणबारे पनि छलफल भएको थियो । 


प्रतिनिधि मण्डलले भूकम्पबाट क्षतिग्रस्त भएपछि जापान सरकारले पुननिर्माण गरेको परोपकार प्रसूती गृहको अवलोकन पनि गरेको थियो । प्रतिनिधि मण्डलले नेपालले हालै सुरु गरेको नेपाल जापान सिधा हवाइ उडानबारे नेपाल एअरलाइन्सले गरेको प्रबद्र्धनात्मक कार्यक्रममा पनि सहभागी भएको थियो । प्रतिनिधि मण्डल भोलि स्वदेश फर्कने कार्यक्रम छ । 

विशेष