News

नेपाल टेलिकम सिध्याउन खोज्नेविरुद्ध आज दिउँसो तीन बजे खबरदारी सभा 

नेपाल टेलिकम सिध्याउन खोज्नेविरुद्ध आज दिउँसो तीन बजे खबरदारी सभा 

काठमाडौं । सरकारी स्वामीत्वको नेपाल टेलिकम विस्तार धराशायी हुँदै गएको भन्दै नागरिकहरुले नेपाल टेलिकम बचाउ अभियान सुरु गर्ने भएका छन् । नागरिक अधिकार अभियानको आह्वानमा आज शुक्रबारदेखि अभियान शुरु  हुन लागेको हो ।

भद्रकाली मन्दिर पछाडि नेपाल टेलिकमको कार्यालय आगाडि कार्यक्रम हँुदैछ । आयोजकका अनुसार खबरदारी सभा आज दिउँसो ३ बजेदेखि सुरु हुनेछ । 
नेपाल टेलिकमको खस्किँदो तथा गिर्दो अवस्था, दूरसंचार क्षेत्रमा हुने बेथिति तथा भ्रष्टाचार  र नागरिक अधिकारको बिषयमा गैर राजनीतिक नागरिक खबरदारी तथा सचेतना कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

खबरदारी सभामा डा. सुरेन्द्र केसी, सुकदेव भट्टराइ, वरिष्ठ अधिवक्ता ज्योति बानियाँ, पूर्व मिस नेपाल सुबिन लिम्बु, नागरिक अभियन्ताहरु हरिराम रिमाल, ज्ञानेन्द्र शाही लगायतले धारणा राख्नेछन् ।

सरकारी स्वामित्वको नेपाल टेलिकमको नाफा गत वर्ष ४२ प्रतिशतले घटेको वित्तिय विवरण सार्वजनिक भएको थियो ।

टेलिकमले सार्वजनिक गरेको गत वर्षको आर्थिक प्रतिवेदनमा कम्पनीको खुद नाफा ७ अर्बले कमी आएको छ । टेलिकमले आर्थिक वर्ष २०७४र७५ मा १७ अर्ब ४८ करोड नाफा कमाएकामा आर्थिक वर्ष २०७५/७६ मा नाफा घटेर १० अर्ब २० करोडमा घटेको छ ।

टेलिकमको नाफा मात्रै नभई आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षमा टेलिकमलेकुल ४३ अर्ब ४८ करोड आम्दानी गरेको थियो ।  यसअघि टेलिकमको आम्दानी ४५ अर्ब २६ लाख थियो । टेलिकमको कुल आम्दानी घट्नुका साथै सेवाबाट प्राप्त हुने आम्दानी पनि घटदो अवस्थामा छ ।

टेलिकमको आम्दानी र नाफा घट्नुको प्रमुख कारण फोजी विस्तारमा ढिलाइ भएको विज्ञहरुको भनाइ छ । आफूभन्दा कम ग्राहक आधार भएको एनसेलको भन्दा टेलिकमको आम्दानी घट्दै जान थालेको छ । 

बढ्दो भ्रष्टाचारकै कारण टेलिकम पनि खस्किँदै गएकाले खबरदारी सभा गरेको आयोजकले जनाएको छ ।  

कार्यक्रममा सहभागी हुन चाहनेले यहाँ क्लिक गर्न सक्नुहुनेछ । 
 

नेपाल टेलिकम

विशेष