१२ वर्षपछि ओसाका पुग्यो वाइडबडी, पहिलो उडानमै १ करोड घाटा

काठमाडौंः जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौं फर्किएको छ । निगमको विमान बिहीबार बिहान साढे २ बजे १४६ यात्रु लिएर जापानको ओसाका तर्फ उडेको थियो ।
‘बिहीबार ओसाकाबाट फर्कीदा निगमले प्रतियात्रु ३७ हजार रुपैयाँ दरको टिकटमा ४० जना यात्रुबाट १४ लाख ८० हजारमात्र उठाउँदा एक करोड रुपैयाँ घाटा बेहोर्नुपर्यो’ निगका एक अधिकारीले भने, ‘बिहीबार बिहानको पहिलो उडानमा पनि कम्तीमा ७० लाख घाटा बेहोर्नुपर्यो ।’
पहिलो उडानमा निगमले पर्यटन राज्यमन्त्री धनबहादुर बुढासहित ५ सांसद, तीन जना सहिसचिव सुरेश आचार्य, विश्वराज ढकाल, रोशन खनाल, २० जना पर्यटन व्यवसायीसहित ५७ जनालाई आफ्नै खर्चमा जापान भ्रमणमा सहभागी गराएको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
नेपाल वायुसेवा निगम वाइडबडी