सिटिइभिटीमा तालिम भए नभएको हेरिँदैन, डाइरेक्ट पैसा भुक्तानी गरिन्छ
काठमाडौं । दैलेखको चामुण्डा माविले कालिकोटको खाडाचक्र नगरपालिका–१ मा २० जना युवाका लागि जुनियर कम्प्युटर हार्डवेयर तालिम सञ्चालन गरेको भन्दै भुक्तानीका लागि प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को कर्णाली प्रदेश कार्यालय सुर्खेतमा निवेदन दियो ।
तीन सय ९० घण्टाको तालिम सञ्चालन गरेबापत विद्यालयले भुक्तानीका लागि पेस गरेको विवरण र (सिटिइभिटी)को अनलाइन विवरणमा उल्लेख भएका विद्यार्थीको विवरण आपसमा मिल्दैन ।
कालिकोटकै तीलागुफा नगरपालिका–१० को रुड्डुमा छोटो अवधिको डकर्मी तालिम दिएको विवरण विद्यालयले पेस गर्यो । यहाँ पनि लिखत कागज र अनलाईन विवरणमा भएका नाम फरक छन् ।
विद्यालयले बुझाएको लिखत विवरण र अनलाईन फारममा १३ जनाको नाम फरक छ । (सिटिइभिटी)का एक कर्मचारीले भने, ‘चामुण्डा माविले सञ्चालन गरेका अधिकांश कार्यक्रममा विद्यार्थीको विवरण गलत छ ।’
नागरिक दैनिकबाट