ह्वाईट हाउस किन सेतो ?
अमेरिकाको राजधानी वासिङगटन डीसी अवस्थित ह्वाईट हाउस नसुन्ने विरलै होलान । अमेरिका टेक्ने विश्वका जोसुकै नागरिकको भोक ह्वाईट हाउस अगाडि पुगेर एउटा फोटो खिच्नु रहेको हुन्छ । ह्वाईट हाउस संसारकै महाशक्तिशाली मुलुकका शक्तिशाली राष्ट्रपतिको सरकारी निवास तथा कार्यालय हो । यो सरकारी भवन हो । जेम्स होवन नाम गरेका इञ्जिनीयरले भवनको डिजाइन गरेका थिए । सन् १७९२ मा बन्न शुरु गरेको भवन शुरुमा सेतो थिएन । यस भवनमा बस्ने पहिलो राष्ट्रपति जोन एडम्स हुन् । त्यो बेलादेखि निरन्तर अमेरिकी राष्ट्रपति यही भवनमा बस्दै आएका छन् ।
सन १८१४ अगष्ट २४ मा युद्धका बखत ब्रिटिश सेनाबाट वाशिङगटन डीसी शहर हमला भयो । शहर आक्रमण हुँदा यो भवन पुरै जलाइयो । यसरी जलाउँदा भवनको सानो भाग सुरक्षित बचेको थियो । त्यसपछि जेम्स होवनले पुन आफ्नै निर्देशनमा भवन बनाउन लगाए । सन् १८१७ भवन पुनर्निर्माणको काम सकियो ।
भवनको भित्ताहरुबाट आगो धुवाँको कालो दाग हटाउन पुरै भवनलाई सेतो रंगले पोतियो । त्यसपछि यो भवनको नाम नै ह्वाईट हाउस हुन गयो । सरकारको तर्फबाट सन् १९०२ मा राष्ट्रपति थियोडोर रुजवेल्टले यसको नाम ह्वाईट हाउस भनेर मान्यता दिलाएका थिए । तीन तल्ला रहेको यो भवनमा सय कोठा छन् ।