गाइ भिरबाट खसाल्ने गरिएको स्थानीयको आरोप
सुर्खेत । बाँकेको नेपालगञ्जबाट दैलेखतर्फ लैजान लागिएका गाई वीरेन्द्रनगरमा मृत भेटिएका छन् । नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका २९१ गाईमध्ये वीरेन्द्रनगरको कटकुवा जंगलमा २३ गाई मृत भेटिएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिले आठ ट्रकमा ल्याइएका गाईहरु आज बिहान करीब साढे तीन बजेतिर कटकुवा जंगलमा छाडिएको बताए ।
९ वटा गाईलाई भीरबाट खसालेर मारेको पाइएको छ । जंगलमा फेला परेकामध्ये १५० भन्दा बढी चौपाया घाइते अवस्थामा छन् ।
गाइ भिरबाट खसाल्ने गरिएको स्थानीयको आरोप
यता, स्थानीयले सामूहिक गौहत्या गरिएको आरोप लगाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन् । प्रहरीले चौपाया छाडेर नेपालगञ्ज फर्कँदै गरेका पाँच ट्रकलाई बबईबाट नियन्त्रणमा लिएको छ ।
छाडा चौपायाको व्यवस्थापन गर्ने भनेर बाँकेको नेपालगन्जबाट ल्याइएका गाईलाई सुर्खेत पुर्याएर मार्ने गरिएको स्थानीयको आरोप छ ।
निरीक्षणका क्रममा करिब २३ वटा गाई मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।स्थानीयहरुले भने सामूहिक गौहत्या गरिएको भन्दै विरोध जनाएका छन् ।