विदेश

पाकिस्तान ‘आतंकवादको मुख्य प्रायोजक’ भएको बंगलादेशको आरोप 

पाकिस्तान ‘आतंकवादको मुख्य प्रायोजक’ भएको बंगलादेशको आरोप 

जम्मु काश्मिरको विषयलाई लिएर भारत र पाकिस्तानबीच तनाव चर्किरहेकाबेला बंगलादेशले पाकिस्तानलाई ‘ आतंकवादको मुख्य प्रायोजक’ भएको आरोप लगाएको छ । म्यान्मारबाट शरणार्थीको रुपमा आएका रोहिंग्या समुदायलाई आतंकवादी बनाउन पाकिस्तानले भूमिका खेलिरहेको बंगलादेशको आरोप छ । 

बंगलादेश सरकारका अनुसार ढाकामा ८ लाख भन्दा बढी रोहिंग्या शरणार्थी रहेको र उनीहरु बसेका सबै क्याम्पलाई आतंकवादीकारुपमा बदल्न पाकिस्तानले सक्दो प्रयास गरिरहेको छ । रोहिंग्या समुदाय बसेका क्याम्प आतंकवादी भर्ना गर्ने स्थलकारुपमा पाकिस्तानले विकास गरिरहेको बंगलादेशको आरोप छ । 

रोहिंग्याका नाममा गत आइतबार काक्सिस बजारमा भएको प्रदर्शनले आतंकवादको स्पष्ट झल्को दिएको छ । सो प्रदर्शनमा २ लाख भन्दा बढीको सहभागिता थियो । कक्सिस बजारमा भएको यति ठूलो प्रदर्शनका पछाडी पाकिस्तानको हात रहेको आशंका गरिएको छ । 

दुई वर्ष अघि मात्रै प्रधानमन्त्री शेख हसिनाको पालामा सरकार प्रतिवन्धित समूह आरसा र आतंकवादी संगठन इस्लामिक स्टेट आइएसबीचको सम्बन्ध रहेको तथ्य पुष्टि भएको थियो । अहिले त्यही प्रतिवन्धित समूहलाई पाकिस्तानले उचालिरहेको बंगलादेशको आरोप छ । 

शरणार्थीका विषयमा सबै दक्षिण एशियाली मुलुकले साथ दिएपनि पाकिस्तानले भने साथ नदिएको बंगादेशको आरोप छ । यसअघि अफगानिस्तनले पाकिस्तानका कारण आतंकवाद मौलाएको भन्दै राष्ट्रसंघमा उजुरी दर्ता गराएको थियो । 

 बंगलादेशले शरणार्थी मामिलामा पाकिस्तान बाहेक दक्षिण एशियाका सबै राष्ट्रले बंगलादेशलाई साथ दिएको 
 

विशेष