News

मन्त्रीको ध्यान काठमाडौंको तीर्खा भन्दा अन्यत्रै 

मन्त्रीको ध्यान काठमाडौंको तीर्खा भन्दा अन्यत्रै 

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम ठप्प भएको आठ महिना भयो । करिब ९७ प्रतिशत काम सकिएको राष्ट्रिय गौरवको यो आयोजना पूरा भए संघीय राजधानीका लाखौ बासिन्दा पिउने पानीको दैनिक समस्याबाट मुक्त हुने थिए । तर उपत्यकाबासीलाई यो समस्याबाट छुटकारा दिलाउने जिम्मा पाएको खानेपानी मन्त्रालयको नेतृत्व लिइरहेकी मन्त्री बीना मगरको प्राथमिकता भने मलेम्चीमा भन्दा अन्तै बढी गए जस्तो देखिन्छ । 

गत पुसमा मुख्य ठेकेदार कम्पनी सिएमसी दि रिभेन्नाले ठेक्का तोडेयता आयोजनाका काम अघि बढ्न सकेको छैनन् । त्यसको करिब ६ महिनापछि मन्त्रिपरिषद निर्णयबाट नयाँ ठेकेदार कम्पनी छनोट गरिए पनि सरकारले उसलाई काम गर्ने वातावरण बनाइदिन सकेको छैन । पुरानो मुख्य ठेकेदार सिएमसीले आफ्नो रकम नतिरको भन्दै स्थानीयबासी र स्थानीय ठेकेदारले अहिले काम ठप्प पारिरहेका छन् । 

‘अहिलेको अवस्था हेर्दा मेलम्ची खानेपानी आयोजनाका निमित्त मन्त्री–सचिवलगायत सम्बन्धित अधिकारीहरु चौबीसै घण्टा खटिनु पर्ने हो, पूर्वसहकारी विकास सचिव किशोर थापाले भने,‘मेलम्ची किन ढिला भयो भन्ने राष्ट्रिय बहसको विषय भइसकेको छ ।मन्त्रीले अन्य ठाउँमा नअल्मलिएर बढी ध्यान यसमै केन्द्रित गर्नुपर्छ ।’
कान्तिपुर दैनिकबाट
 

विशेष