अब आमाबाबुले सन्तानका लागि छाडेर गएको सम्पत्तिमा पनि कर
काठमाडौं । मुलुक संघीयतामा गएसँगै तीनै तहका सरकारले जनतालाई थेग्नै नसक्ने गरी करको बोझ बोकाएको आरोप लागि रहेका बेला पैतृक सम्पत्ति हस्तान्तरणमा पनि कर लगाउने तयारी भएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले विदेशी मुलुकहरुमा पैतृक सम्पत्ति हस्तान्तरण गर्दा कर लिने प्रचलन रहेको जानकारी दिँदै नेपालमा पनि यस्तो कर कुन दरमा लगाउन भन्नेबारे छलफल भएरहेको बताए ।
नेपाल चेम्बर अफ कमर्सले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यत्रकममा उद्योगी व्यवसायीलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले सरकारले तत्कालै सम्पत्ति हस्तान्तरण गर्दा कर लगाउने निर्णय भने गरिनसकेको बताए ।
नागरिक दैनिकबाट