विदेश

पैसा जोख्ने देश 

पैसा जोख्ने देश 

तपाईंले कहिले सोच्नु भएको छ, बजारमा कुनै सामान किनेपछि त्यो देशमा पैसाको कारोवार किलोमा जोखेर गरिन्छ । त्यहाँको पैसा यति अवमूल्यन भएको छ कि पैसा गन्न थाल्ने हो भने होटलमा भात खाएको पैसा गन्न दिनभर लाग्नसक्छ । दक्षिण अमेरिकी महाद्वीपमा रहेको देश भेनेजुयलाले यस्तो संकट व्यहोरिरहेको छ । अब सवाल उठ्छ– यो देशले के त्यस्तो अपराध गरेर उसको पैसा कौडीको भाउमा नविक्ने भयो त ? 

भेनेजुयलाले यो संकट सन् २०१४ झेलेको हो । यो देशको प्रमुख आयश्रोत कच्चातेल हो । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य दुई तिहाईले कमी आएपछि यो देशको आर्थिक दृष्टिले ढाड भाँचिएको हो । विगत आधा दशकदेखि थोरै पनि सुधार आउन सकेको छैन् । विश्वमै सबैभन्दा ठूलो तेलभण्डार रहेको भेनेजुयलाले तेल विक्री गर्न नसकेपछि ठूलो जनसंख्यालाई धान्न नसक्ने अवस्था आयो । यो देशमा झण्डै तीन करोड जनसंख्या छ । दुई वर्ष यता तेलबाट हुने आर्थिक आम्दानीमा ४० प्रतिशत कमी आएको छ ।
 

भेनेजुयला आयश्रोत

विशेष