विदेश

बिहारमा रक्सीपछि अब पान मसला पनि प्रतिबन्ध 

बिहारमा रक्सीपछि अब पान मसला पनि प्रतिबन्ध 

काठमाडौं । भारतको बिहार प्रदेशमा सरकारले पान मसलामा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । तीन वर्षअघि रक्सीमा प्रतिबन्ध लगाएको बिहार सरकारले अहिले पान मसलामा पनि रोक लगाएको छ । 

शुक्रबार बिहार सरकारअन्तर्गतको स्वास्थ्य विभागले यस्तो निर्णय लिएको हो । यो निर्णय एक वर्षपछि कार्यान्वयनमा आउनेछ । यस्तो निर्णयसँगै अब पान मसलाको बिक्री, उत्पादन, भण्डारण, सेवन र ढुवानीमा समेत रोक लागेको छ । यस्ता कार्यहरु अबको एक वर्षपछि बिहारमा गैरकानुनी मानिनेछन् । 
भारतको गएगुज्रिको प्रदेश मध्येमा पर्ने बिहारमा मुख्यमन्त्रीका रुपमा नितिस कुमार आएपछि उनले बिहारमा ठूलो परिवर्तन ल्याएका छन् । 
 

विशेष