News

केन्द्रबाट पठाइएका शिक्षक स्थानीय तहले लिएनन्

केन्द्रबाट पठाइएका शिक्षक स्थानीय तहले लिएनन्

काठमाडौं । शिक्षक सेवा आयोगमार्फत छनोट गरेर पठाइएका शिक्षकहरु लिन स्थानीय तहहरुले अस्वीकार गरेका छन् । मुलुकका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइले धमाधम अन्तर्वार्ता दिँदै कार्यथलो रोज्न लगाएर सिफारिस गरेपछि समस्या आएको हो ।

संविधानअनुसार विद्यालय तह सञ्चालन जिम्मेवारी स्थानीय सरकारलाई छ तर शिक्षक अनुमतिपत्र, भर्ना र बढुवालगायत प्रक्रिया केन्द्र माहतमा हुन्छ । शिक्षा विकास तथा समन्वय एकाइलाई शिक्षक व्यवस्थापना, एसईई तथा ११ र १२ को परीक्षा सञ्चालन जिम्मेवारी दिइएको छ । एकाइमा सामुदायिक र संस्थागत विद्यालय, शिक्षक र विद्यार्थीको अभिलेख राखिएको छ । 

एकाइले शिक्षक व्यवस्थापनअन्तर्गत शिक्षक सेवा आयोगले लिने परीक्षा सञ्चालन, अन्तर्वार्ता, नियुक्ती उपादान, राजीनामा, पेन्सनपट्टा, सरुवा र वढुवाका प्रक्रिया पूरा गर्दै आएको छ । 

‘शिक्षक भर्ना प्रक्रियाप्रति स्थानीयतहका जनप्रतिनिधिहरुको असन्तुष्टि छ’, एकाइका एक प्रमुखले भने, कानुनी आधार स्पष्ट हुन नसक्दा स्थानीय तहहरुले एकाइको अस्तित्व स्वीकारेका छैनन् ।’ यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

शिक्षक सेवा आयोग

विशेष