News

भारतीय विदेशमन्त्री जयशंकर भदौ पहिलो हप्ता नेपाल आउने

भारतीय विदेशमन्त्री जयशंकर भदौ पहिलो हप्ता नेपाल आउने


काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर भदै पहिलो साता नेपाल भ्रमण गर्नुहुने भएको छ ।   प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारी पाउनुभएका जयशंकर मन्त्री भएपछि पहिलो पटक नेपाल भ्रमणमा आउन लाग्नुभएको हो।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लाग्नुभएका जयशंकरको भ्रमणमिति भने तय हुन बाँकी छ । दुई दिने भ्रमणका बेला दुई देशको आपसी हित र सहयोगका बारेमा महत्वपूर्ण भेटवार्ता हुने बताइएको छ।

जयशंकरले नेपाल रहँदा राष्ट्रपति, प्रधानमन्‍त्री, प्रमुख दलका प्रमुखहरु तथा अन्य उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

जयशंकरको भ्रमणका क्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्दको नेपाल भ्रमणको तयारीको सिलसिलामा समेत आउन लाग्नुभएको बुझिएको छ । 

विशेष