मंसिर १५ मा सवै तहका उपनिर्वाचन

मंसिर १५ मा सवै तहका उपनिर्वाचन

स्थानीय तहको उप निर्वाचन  मंसिर १४ गते हुने भएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संघ, प्रदेश र स्थानीय तहमा रहेको खाली सिटका लागि निवार्चन आयोगको परामर्शमा मंसिर १४ गते निर्वाचन हुनेछ । 

यसैगरी सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा गरेको छ । सरुवा हुनेहरुमा पुष्पराम बललाई कार्य तथा सीमा सुरक्षा विभागबाट प्रतिष्ठान, नारायणबाबु थापा मानव स्रोत विभागबाट सीमा सुरक्षाबल र रामशरण पौडेललाई प्रशिक्षण प्रतिष्ठानबाट सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा पठाइएको छ । 

झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएका आठ जनाको नागरिकता रद्द गरिएको छ । नागरिकता रद्द हुनेहरुमा अशोक शाह, बिन्दे महतो, नातादेवी महतो, सुशील महतो, राजेन्द्र महतो, सुशील महतो, उपेन्द्र महतो,रामकिशोर महतो र राजकिशोर महतो छन्

बैठकले खुल्ला विश्वविद्यालयलाई शिक्षक तथा विद्यार्थी आदानप्रदानका लागि भिसा शुल्क छुट दिने निर्णय गरेको छ । सरकारले आर्थिक वर्ग २०७६ र ७७ का लागि राष्ट्रसेवक कर्मचारी तथा शिक्षकको नयाँ तलबमानमा तोक्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए ।  

फरक प्रसंगमा मन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा उपचार गर्दा खर्च सरकारले नव्यहोर्ने जानकारी दिए । ‘आतेजाते टिकट, कर्मचारीको सुविधाबाहेक उपचार खर्च स्वयं प्रधानमन्त्रीले व्यवस्थापन गर्नु हुनेछ ।’ बाँस्कोटाले भने ।  

प्रधानमन्त्री ओली शनिबार साँझ स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका छन् । 
 

गोकुल बास्कोटा मंसिर १४

संम्बधित खबर

विशेष