प्रधानमन्त्री ओलीलाई १ लाख डलरको पुरस्कार दिने शीन ओक–जुलाई ६ वर्ष कारावासको सजाय
एजेन्सी । आफ्ना चार सय अनुयायीलाई फिजीमा बन्धक बनाएर यातना दिएको अभियोगमा दक्षिण कोरियाली धार्मिक नेतृ शीन ओक–जुलाई छ वर्ष कारावासको सजाय सुनाइएको छ ।
ग्रेस रोड चर्चकी संस्थापक शीन ओक–जुले सन् २०१४ मा आफ्ना चार सय अनुयायीहरुलाई फिजी लगेकी थिइन् । बाइबलमा फिजी एक पवित्र भूमि भएको त्यहाँ संसारमा हुने प्रलयबाट केही नहुने भन्दै विश्वास दिलाएकी थिइन् ।
ती अनुयायीहरु जब फिजी पुगे, उनीहरुको पासपोर्ट खोसिएको थियो । जो जो समूहबाट भागेर निस्किन खोज्थे उनीहरुको शरिरबाट दूरात्मा भगाउन भन्दै बर्बर ढंगले यातना दिने गरिन्थ्यो ।
गत सोमबार दक्षिण कोरियाली अदालतले शिनलाई यो मामिलामा दोषी ठहर गर्दै ६ वर्ष कारावासको सजाय दिएको छ । शिनमाथि लगाइएको हिंसा, बालबालिकालाई दूव्र्यवहार र धोकाधडी गरेको अभियोग अदालतले प्रमाणित गरेको छ ।
पीडितहरुले शारीरिक मात्रै नभएर मानसिक यातना पनि दिइएको बताइएको छ ।
यिनै शिनले केही समय अघि नेपालमा आयोजना भएको एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ लाख डलरको पुरस्कार र शान्ति दूतको पदक प्रदान गरेकी थिइन् ।