सुरक्षा निकायको तलब : प्रधान सेनापति ६९ हजार ४ सय २८ रुपैयाँ, सशस्त्र र नेपाल प्रहरी प्रमुख ६४ हजार ७ सय २६ रुपैयाँ (तलबस्केल सहित)

सुरक्षा निकायको तलब : प्रधान सेनापति ६९ हजार ४ सय २८ रुपैयाँ, सशस्त्र र नेपाल प्रहरी प्रमुख ६४ हजार ७ सय २६ रुपैयाँ (तलबस्केल सहित)


काठमाडौँ । सरकाले चालु आर्थिक वर्षबाट सरकारी कर्मचारीको तलब वृद्धि गरेको छ । हामीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कसको तलब कति पुगेको छ भनेर केलाएका छौँ । 

नेपाली सेना
नेपाली सेनामा प्रधानसेनापतिको तलब मुख्य सचिव सरह छ । प्रधान सेनापतिको तलब ६९ हजार ४ सय २८ रुपैयाँ छ । सेनामा सबैभन्दा कम तलब सबैभन्दा तल्लो तहका कर्मचारी (फलोअर्स प्रथम स्तर)का कर्मचारी (९२ ग्रेड भएका)को तलब २० हजार ७ सय ७८ छ ।

हेर्नुहोस् तलब स्केल : 

नेपाल प्रहरी 
नेपाल प्रहरीका महानिरीक्षक (आइजी)को तलब नेपाल सरकारका सचिवसरह छ । प्रहरी महानिरीक्षकको तलब ६४ हजार ७ सय २६ रुपैयाँ छ । प्रहरीमा सबैभन्दा कम तलब फलोवर्स (सयस) समेतको तलब २५ हजार ९ सय ७० छ ।

हेर्नुहोस् तलब स्केल : 

 


सशस्त्र प्रहरी 
आन्तरिक सुरक्षा व्यवस्थापन र सीमा सुरक्षा गर्ने निकायका रुपमा रहेको सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक (आईजी)को तलब नेपाल सरकारका सचिवसरह छ ।
सशस्त्र प्रहरी महानिरीक्षकको तलब ६४ हजार ७ सय २६ रुपैयाँ छ । सशस्त्र प्रहरीमा सबैभन्दा कम तलब फलोवर्स ९सयस० समेतको ९१० ग्रेड भएका०को तलब २५ हजार ९ सय ७० छ ।

 हेर्नुहोस् तलब स्केल : 

संम्बधित खबर

विशेष