News

बुद्ध एअरको जहाजमा यात्रु आकाशमै बेहोस 

बुद्ध एअरको जहाजमा यात्रु आकाशमै बेहोस 

काठमाडौं । बुद्ध एयरको एटीआर विमान नेपालगन्जबाट काठमाडौँतिर उडिरहेको थियो । नारायणीदेखि उत्तरपश्चिमको पहाडमाथि आकाशमा पुग्दा विमान १५ हजार ५ सय फिट उचाइमा थियो ।

जहाजभित्र एयरहोस्टेस कृति झा र सुरक्षा अधिकारी यात्रुलाई पानी बाँड्दै थिए । जहाजको मध्यभागमा एक यात्रु एक्कासी बेहोस भएपछि खैलाबैला भयो ।
१३ नम्बरको सिटमा बसिरहेका ती यात्रु थिए, सुर्खेतका ६० वर्षीय तप्तबहादुर विष्ट जो पूर्वराज्यमन्त्री हुन् । छेउछाउका मान्छे चिच्याएपछि एयरहोस्टेस कृति त्यहाँ पुगिन् । मुखबाट बान्ता निस्किएको अवस्थामा विष्ट सिटमै बेहोस थिए । 

कान्तिपुर दैनिकबाट । 
 

विशेष