News

राष्ट्रसेवक कर्मचारीको नयाँ तलब ताकियो, अब कसको पारिश्रमिक कति?

राष्ट्रसेवक कर्मचारीको नयाँ तलब ताकियो, अब कसको पारिश्रमिक कति?

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ ।  मुख्य सचिवदेखि पालिकामा काम गर्ने कर्मचारी तथा सबै तहका शिक्षकले पाउने नयाँ तलबमान सार्वजनिक गरिएको हो । राष्ट्रसेवक कर्मचारीको तलबमान बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्धारण गरे अनुसार मन्त्रालयले आइतबार नयाँ तलबमान सार्वजनिक गरेको छ । नयाँ तलबमान अनुसार मुख्यसचिव, प्रधानसेनापतिको तलब ६९ हजार ४ सय ८२ रहेको छ ।

 

प्रहरी महानीरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक र सचिवको तलब ६४ हजार ७ सय २६ रहेको छ । त्यस्तै  विमान सम्भार समूहका सहायक रथीको नयाँ तलबमान ६९ हजार ४ सय पन्ध्र कायम गरिएको छ। तलबमान अनुसारप्रथम तहको माध्यमिक शिक्षकले मासिक  ५६ हजार ८ सय ५४ पाउने छन्। कार्यालय सहयोगी प्रथम स्तरको तलब २० हजार ७ सय ७८ रुपैयाँ तोकिएको छ। सबै राष्ट्रसेवक कर्मचारीले बढेको तलब यही साउन महिनादेखि नै पाउनेछन्। सूची हेर्न यहाँ क्लिक गर्नुस् 

तलब राष्ट्रसेवक कर्मचारी

विशेष