पोखरा–मुग्लिन सडक ४ लेन बन्दै
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन खण्डको पोखरादेखि आँबुखैरेनीसम्मको सडक विस्तार हुने भएको छ । पाँच दशकअघि बनेको यो राजमार्ग सवारी चापसँगै साँघुरो बन्दै गएपछि दुई लेनको यो सडकलाई चार लेन बनाउन लागिएको हो ।
पोखरा–मुग्लिनको दुरी ९० किलोमिटर छ । पहिलो चरणमा पोखरादेखि आँबुखैरेनीसम्मको ८१ किलोमिटर खण्ड विस्तार गर्ने तयारी भएको सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले जानकारी दिए । उनका अनुसार राजमार्गमा पर्ने तीनवटा ठूला आकारका पुल पनि विस्तार हुनेछन् ।
तनहुँको दमौली, पोखराको विजयपुर र पृथ्वीचोकको पुल ठूलो आकारमा बन्ने उनले बताए । ती पुल कमजोर बन्दै गएका छन् । विजयपुरको पुल कमजोर भएर १० टनभन्दा बढी भार थेग्न नसक्ने अवस्थामा पुगिसकेको छ । यो समाचार आजको नागरिक दैनिक दैनिकबाट लिइएको हो ।
पृथ्वी राजमार्ग पोखरा–मुग्लिन खण्ड