सरकारको शैली हिट्लरको जस्तो : देउवा
कास्की । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले हिट्लरको जस्ता शैली गर्न लागेको आरोप लगाउनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीले मंगलबार पोखरामा गरेको कार्यक्रममा देउवाले वर्तमान सरकार दुईतिहाइको दम्भमा कानुनहरु बनाउँदै सत्ता कब्जाको रणनीतिमा लागेको आरोप लगाउनुभयो ।
सभापति देउवाले भन्नुभयो–‘‘सन्चार, मानवअधिकार र सेनालाई आफ्नो नियन्त्रणमा राख्न खोज्नुले सरकार स्वतन्त्रता र प्रजातन्त्रविरुद्ध काम गरिरहेको स्पस्ट भएको छ ।’’ यसविरुद्ध आन्दोलन गर्ने उहाँले चेतावनी दिनुभयो ।
‘‘ प्रजातन्त्रको रक्षाका लागि कांग्रेसले जनतालाई दुःख नदिइ शान्तिपूर्ण आन्दोलन थाल्छ । ’’ देउवाको भनाइ थियो ।