सुजुकीको सुपर क्यारीमा विशेष अफर
काठमाडौँ । सिजी अटोमोटिभ्स डिभिजनअन्तर्गतको सिजी होल्डिङस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले सुजुकी सुपर क्यारीमा विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले सुजुकी सुपर क्यारी खरिद गर्नुहुने ग्राहकलाई एक वर्षको निःशुल्क बीमा तथा २० हजार नगद छुट पनि प्रदान गरेको जनाएको छ । कम्पनीले २ वर्ष वा ३० किलोमिटर (जुन अगाडि हुन्छ) त्यो को वारेन्टी समेत प्रदान गरेको छ ।
कम्पनीले नयाँ सुजुकी सुपर क्यारीको खरिदमा १ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध गराएको जनाएकाे छ । जसमा इन्जिन आयल, आयल फिल्टर, एअर फिल्टर र स्क्रिन वास पर्छ । बजारमा नयाँ सुपर क्यारीको मूल्य ११ लाख ९९ हजार रहेको छ ।
कम्पनी अनुसार यस गाडीको मुख्य उद्देश्य भनेको बढी आम्दानी तथा फाइदाका लागि हो । यो अफरले न्युनतम लगानीमा गाडीको स्वामित्व प्रदान गर्नुका साथै आम्दानीमा वृद्धि र लाभ लिन सकिने कम्पनीले जनाएकाे छ ।
७९३ सीसीको ट्विन सिलिन्डरयुक्त डिजेल इन्जिन भएको यस गाडीमा ५ स्पिड म्यानुयल ट्रान्समिसन रहेको छ । यसको ३२.६३ बीएचपीको ३५०० आरपीएम तथा २००० आरपीएमको अधिकतम् ७५ एनएमको टर्क विद्यमान छ । यस गाडीले २२.०७ प्रतिलिटर माइलेज प्रदान गर्दछ । ८० किलोमिटर प्रतिघण्टाको दूरी तय गर्ने कुरामा कम्पनीको दाबी समेत रहेको छ ।
सुपर क्यारीमा ३.२५ स्क्वायर मिटरको लोडिङ क्षेत्र रहेको छ भने ७४० किलोसम्मको भारवहन क्षमता रहेको छ । १६० एमएमको ग्राउन्ड क्लियरेन्स, २११० एमएमको ह्वीलवेस तथा ४.३ मिटर, टर्निङ रेडिएस रहेको छ ।
लाइट स्ट्रिमिङ्ग ह्वील, मोबाइलचार्जिङ्ग सकेट, डुयअल असिस्ट ग्रिप, मल्टि पर्पोज स्टोरेज स्पेस, बोटल होल्डर आदिजस्ता सुविधाहरु यसमा रहेका छन् । १२ इन्चको ह्वील्स, लोड सेन्सर प्रविधि, चुस्त ब्रेकिङ्गको लागि अगाडिको फ्रन्ड डिस्क तथा रियर ड्रम ब्रेक आदिसुपर क्यारीका विशेषताहरु हुन् ।