News

माउण्टेन टेलिभिजनका पत्रकार पुडासैनीद्वारा आत्महत्या

माउण्टेन टेलिभिजनका पत्रकार पुडासैनीद्वारा आत्महत्या

काठमाडौं । माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेका छन् ।उनी चितवनको नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।  

सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नम्बर कोठामा उनी बसेका थिए । साँझको खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र उनी नबोलेपछि  राती १० बजे प्रहरीलाई खबर गरिएको थियो । प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा न २ कुमरी घर भएका पत्रकार पुडासैनी हाल माउण्टेन टेलिभिजनमा कार्यरत  थिए । उनले ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए । यसअघि उनी न्यूज २४ को ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा कार्यरत थिए । उनका आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ ।  

शालिकराम पुडासैनी माउण्टेन टेलिभिजन

विशेष