News

शिक्षक सरुवामा कमिसनको दररेटः माध्यमिकको ५ र आधारभूतका लागि ३ लाख !

शिक्षक सरुवामा कमिसनको दररेटः माध्यमिकको ५ र आधारभूतका लागि ३ लाख !

रुपन्देही । केही महिनाअघि रुपन्देहीको तिलोत्ततमा ढिकुलीगढस्थित नमुना महिला आधारभूत विद्यालय प्रावि तहको एउटा दरबन्दी खाली भयो । शिक्षक दरबन्दी खाली भएपछि सरुवाका लागि केही शिक्षकले निवेदन दिए । 

निवेदनले मात्र काम गरेन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमशंकर भट्टराईले विद्यालयको खातामा दुई लाख रुपैयाँ राखिदिनेलाई मात्रै सरुवाको सहमति दिने प्रस्ताव राखे ।  अन्ततः दुई लाख बुझाउने सर्तमा स्याङ्जाबाट एक शिक्षक सरुवाका लागि प्रक्रियामा छन् । ‘विद्यालय कमजोर छ, केही सहयोग गरेर आउनुपर्छ भनेको छु,’ भट्टराईले भने, ‘उहाँले हुन्छ भन्नुभएको छ ।’

तिलोत्ततमा गत शैक्षिक सत्रमा खाली दरबन्दीको भागबन्डा गरिएको थियो । पार्टी निकट शिक्षक संगठनले दरबन्दी भागबण्डा गरेर शिक्षक सरुवा गरेका हुन् । 

एक शिक्षकका अनुसार सरुवामा कमिसनको दररेट निर्धारण गरिएको छ । माध्यमिक तहका लागि ५ लाख तोकिएको पनि कम्तीमा चार लाख बुझाउनै पर्छ । आधारभूत तहमा ३ लाख बुझाएर आउने धेरै छन् । 

‘पैसा नदिएसम्म विद्यालयको सहमतिसमेत पाइँदैन । सरुवा गराउने निकायमा बुझाउने कमिसन त अझै थप हुन्छ,’ ती शिक्षकले भने । यो समाचार अन्नपूर्ण दैनिकबाट लिइएको हो ।

रुपन्देही आधारभूत विद्यालय

विशेष