News

उपनिर्वाचनका लागि रिक्त स्थानको विवरण सार्वजनिक (सूचिसहित)

उपनिर्वाचनका लागि रिक्त स्थानको विवरण सार्वजनिक (सूचिसहित)

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको रिक्त स्थानहरुको विवरण सोमबार सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको विवरण अनुसार ३७ जिल्लामा उपनिर्वाचनको प्रभाव पर्ने भएको छ । 

 

आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार, प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरप्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र विभिन्न जिल्लाका स्थानीय तहमा गरी ४१ वडा अध्यक्षसहित कुल ५० पदमा पदका लागि उपनिर्वाचन हुने छ ।

 

प्रतिनिधिसभा सदस्यको निर्वाचन गण्डकी प्रदेशको कास्की जिल्लाको क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदैछ भने सोही प्रदेशको बागलुङ, प्रदेश ३ को भक्तपुर र प्रदेश ५ को दाङमा प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ । यसैगरी, स्थानीय तहका लागि ३६ जिल्लामा उपनिर्वाचनको प्रभाव पर्ने भएको छ । रिक्त ५० पदका लागि कहाँ–कहाँ उपनिर्वाचन हुँदैछ? रिक्त स्थानको विवरण हेर्न यहाँ क्लिक गर्नुस् 

निर्वाचन आयोग उपनिर्वाचन

विशेष