कांग्रेस नेता सिंह अस्पताल भर्ना
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह अस्पताल भर्ना भएका छन् ।
मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल गएका थिए । चिकित्सकको सल्लाहबमोजिम नेता सिंह अस्पताल भर्ना भएको उनका सहयोगी यूपी लामिछानेले जानकारी दिए ।
स्वास्थ्यमा असहज महसूस भएपछि नेता सिंह चार/पाँच दिनदेखि घरमै आराम गरिरहेका थिए । सोमबार ज्वरो नघटेपछि उनी अस्पताल भर्ना भएका भएका हुन् । अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको पार्टीका काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) ले बताए ।