News

बलिउड  कलाकारमा क्यान्सर प्रकोप

बलिउड  कलाकारमा क्यान्सर प्रकोप

भनिन्छ– ‘शरीरभित्रको रोग नै सबैभन्दा ठूलो दुश्मन हुन्छ ।’ अझ क्यान्सरजस्तो भयावह रोगले विश्वका धेरै मानिस आक्रान्त छन् । बलिउडका कतिपय सेलिब्रेटीको क्यारियर यही रोगका कारण ध्वस्त भएको छ भने कतिले  अभूतपूर्व ढंगले क्यान्सरमाथि विजय प्राप्त गरेका छन् । अझ बलिउडका सुपरस्टार राजेश खन्ना र विनोद खन्नाजस्ता हस्तीमाथि यही रोग हावी भएर यो धराबाट विदा हुनु परेको छ । यो आलेखमा क्यान्सर लागेका र क्यान्सरले लगेका कलाकारका विषयमा जानकारी गराउँदैछौं ।  

नायिका सोनाली बेन्द्रे बलिउडकी चर्चित नायिका हुन् । पछिल्लो समय क्यान्सर रोगले आक्रान्त पारेपछि लामो समय अमेरिकामा उपचार पछि उनी स्वदेश फर्किएकी छन् । उनको स्वास्थ्यमा अभूतपूर्व सुधार आएको छ । चिकित्सकका अनुसार उनी क्यान्सरमुक्त हुने अवस्थामा छन् । उनलाई हाई ग्रेड क्यान्सर भएको हो ।  यस्तो क्यान्सरमा शरीरका विभिन्न हिस्साले काम गर्न बन्द गर्छन् । 

रंगमञ्च, टीभी हुँदै बलिउडमा प्रवेश गरेका प्रख्यात कलाकार इरफान खानलाई न्यूरोएन्डोक्राइन क्यान्सर भएको छ । लण्डन र अमेरिकाका विभिन्न अस्पतालमा उनको उपचार चलिरहेको छ । उनको स्वास्थ्यलाभको कामना गर्दै बलिउड कलाकारहरुले सामाजिक सञ्जालमा स्वास्थ्यलाभको कामना गरेका छन् । युद्धग्रन्थमा आधारित चर्चित टेलिसिरियल चन्द्रकान्तामा निभाएको पण्डित जगन्नाथको भूमिकाले उनलाई उत्कर्षमा पुर्याएको थियो । 

नेपाली मूलकी बलिउड नायिका मनिषा कोइराला पनि क्यान्सर पीडित कलाकार हुन् । उनलाई पाठेघरको क्यान्सर भएको थियो २०१२ मा मनिषालाई पाठेघरका भएको थियो । पहिले उनलाई सामान्य  ‘फुड पोइजिनिङ’ भएजस्तो लाग्थ्यो । जसका कारण उनको पेट फुल्ने गथ्र्यो । विस्तारै तौल घटन थालेपछि उनले पहिले मुम्बईमा चेकअप गराइन् ।   उनले अमेरिकामा उपचार गराएकी थिइन ।  

२०१५ मा उनी पूर्ण रुपमा क्यान्सरमुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएकी हुन् । विश्वका विभिन्न ठाउँमा पुगेर उनी क्यान्सरविरुद्ध जनचेतना जगाउने अभियानमा जुटेकी छन् । उनले क्यान्सरविरुद्ध आफ्नो लडाईंका विषयमा पुस्तक पनि लेखेकी छन् । यतिमात्र हैन, केही महिनाअघि सगरमाथाको आधार शिविरसम्म ११ दिनको सफल पैदलयात्रा गरेर आफ्नो साहसको परिचय दिएकी छन् ।  स्वास्थ्य लाभ गरेपछि उनले फिल्म ‘डियर मामा’ मार्फत बलिउडमा पुनः एन्ट्री गरेकी छिन् । 

क्यानेडियन मुलकी बलिउड कलाकार लिसा रेलाई पनि रक्त क्यान्सर भएको थियो । क्यान्सरसंग लामो संघर्षपछि इच्छाशक्ति र उपचारले अन्तत ः क्यान्सर मुक्त भएकी छन् । अभिनेत्री लिजा रे प्लाज्मा सेल्स क्यान्सरबाट पीडित कलाकार हुन । सन् २००९ मा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो ।  २०१० मा उनले ‘स्टेम सेल ट्रान्सप्लान्ट’ गरेकी थिइन ।  यसले उनको रगतको सेतो ब्लड सेल्समा बन्ने एन्टीबडिसलाई पुनः समाधान गर्न मद्दत गर्छ ।   

सिनेमाको पर्दामा काललाई समेत पछार्न सफल मानिने राजेश खन्ना र विनोद खन्ना क्यान्सरका अगाडि टिक्न सकेनन् । अभिनेता विनोद खन्ना मूत्रनलीको क्यान्सरबाट पीडित थिए ।  २०१७ को अप्रिलमा बलिउड  स्टार नायक विनोद खन्नाको ब्लाडरमा क्यान्सर भएका कारण निधन भयो । यसका कारण पिसाब गर्दा उनलाई असह्य पोल्थ्यो । पिसाबको रङ रातो हुने, खुलेर पिसाब गर्न नसक्ने, रगत आउने आदि मूत्रनली क्यान्सरका लक्षण हुन् । 
सुपरस्टार राजेश खन्नालाई क्यान्सरका कारण डायलिसिसमा राखिएको थियो । तर उनी यो लडाईंसंग हार खाए । सन् २०११ मा उनको मृत्यु भयो ।

७० को दशकका चर्चित नायिका मुमताजलाई पनि ‘ब्रेष्ट क्यान्सर’ भएको थियो । २००० मा ५४ वर्षको उमेरमा उनलाई क्यान्सर भएको थियो । तर, केही किमोपछि उनले क्यान्सरसँगको युद्ध जितेकी थिइन्।  ।

बर्फी, मर्डर र ग्याङस्टार जस्तो फिल्म बनाएका निर्देशक अनुराग बासुलाई पनि २००४ मा ‘ब्लड क्यान्सर’ भएको थियो। चिकित्सकले उनलाई ३–४ महिना मात्र बाच्ने उद्घोष गरेका थिए । तर, क्यान्सरविरूद्धको साहसपूर्ण लडाइँमा उनी सफल भए । त्यसै सफलताका कारण अहिले उनी कामयावी छन् । 

‘कुर्बानी’ का स्टार नायक फिरोज खानको मृत्यु पनि क्यान्सरकै कारण भएको थियो । सन् २००८ मा क्यान्सरबाट लड्दै गर्दा बेग्लोरमा २००९ को अप्रिल २७ मा उनको निधन भयो । 

क्यान्सर सेलिब्रेटी

विशेष