वायुसेवा सुधार गर्न मन्त्रीले बनाए कार्यदल

वायुसेवा सुधार गर्न मन्त्रीले बनाए कार्यदल


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल वायुसेवा निगममा सुधार गर्नेबारे कार्यदल गठन गरेको छ । पूर्वसचिव सुशिल घिमिरे संयोजकत्वको कार्यदलमा अन्य तीन सदस्य छन् । मन्त्री योगेश भट्टराईले मन्त्रीस्तरीय निर्णयबाट कार्यदल गठन गर्नुभएको हो ।

कार्यदलका अरु सदस्यमा लेखा विज्ञ प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल र क्याप्टेन सुधीर शम्शेर राई छन् । पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने कार्यदलको सदस्य सचिव रहने छन् । कार्यदललाई एक महिनाभित्र ठोस सुझाव सहितको प्रतिवेदन तथा सुझावहरुको कार्यान्वयन गर्ने कार्ययोजना समेत पेश गर्न कार्यदललाई दिइएको छ ।


अन्तर्राष्ट्रियस्तरमा निगमको साख बढाउँदै व्यावसायिक क्षमतामा वृद्धि तथा आन्तरिक व्यवस्थापनका विभिन्न पक्षमा तत्कालीन तथा दीर्घकालीन सुधार जरुरी भएको मन्त्रालयको ठहर छ ।


नेपाल वायुसेवा निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययन प्रतिवेदनको विश्लेषण, वर्तमान वित्तीय अवस्थाको अध्ययन, निगमको कानूनी, संस्थागत, संगठनात्मक, व्यवस्थापकीय एवं व्यवसायिक क्षमतामा रहेका समस्याहरु पहिचान तथा विश्लेषण गर्न कार्यदलाई जिम्मेवारी तोकिएको छ । 
 

संम्बधित खबर

विशेष