News

सचिवहरू को को हट्दै

सचिवहरू को को हट्दै

काठमाडौं । विभिन्न मन्त्रालय र निकायमा कार्यरत सातजना नेपाल सरकारका सचिव छिट्टै अवकाश हुने भएका छन्। उमेर हद तथा सेवा अवधिका कारण उनीहरू अवकाश हुने लागेका हुन्। राज्यको वर्षौंदेखिको लगानी तालिम अन्य सेवा सुविधा खर्च भएका यस्ता सचिवहरू एकैचोटी अवकाश हुँदा नयाँलाई मौका हुने भए पनि राज्यलाई भने व्ययभार पर्ने देखिन्छ।

साउन २२ देखि अवकाश हुने सचिवमा खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विष्णप्रसाद लम्साल राष्ट्रिय पुनर्निर्माण प्रधिकरणका सचिव अर्जुन कार्की रहेको बताइन्छ। उनीहरू आजका मितिदेखि अवकाश हुनेछन्। यसमध्ये शर्मा भौतिक तथा योजनामा रहँदा विवादमा परेका थिए भने लम्साल रक्षामा हुँदा विवादमा परेका थिए।

यस्तै, पुनर्निर्माण प्राधिकरणबाट अवकाश हुँदै गरेका कार्की भने भौतिक सचिव हुँदा त्रिपाल काण्डका कारण बदनाम भएका थिए। यसैगरी साउन २३ गेत अवकाश हुने सचिवमा युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा छन् उनी पर्यटनमा हुँदा निकै विवादमा आएका थिए।

यस्तै साउन अन्तिममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णराज बिसी अवकाश हुँदैछन्। उनी भूमिसुधारमा हुँदा बदनाम भएका थिए भने भदौमा अर्थ मन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरे र प्रधानमन्त्री कार्यालयका सचिव अनिल ठाकुर अवकाश हुने भएका छन्।

कार्की र शर्मा र लम्साल तीनजताले निजामती सेवामा तोकिएको उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन्। विशिष्ट श्रेणीमा पदोन्नति भएको पाँच वर्ष पूरा गरेपछि सेवाबाट अनिवार्य अवकाश हुने साउनमा सचिवमा पदोन्नति भएका थिए।

यसैगरी कार्की र शर्मा अवकाश भएसँगै अब यी दुवै मन्त्रालयमा सचिव पद रिक्त हुने भएका छन्। अर्का वरिष्ठ सचिव विष्ण लम्साल सचिवबाट बिदा भए पनि उनी अवकाशकै मुखैमा अर्को जिम्मावरी पाएका छन्। उनलाई यसअघि बसेको मन्त्रिपरिष्द बैठकले प्रशासनिक शिक्षण प्रतिष्ठानको वरिष्ठ अध्ययन निर्देशक नियुक्त गरेको हो। त्यहाँ उनको कार्यकाल दुई वर्षको हुनेछ।

आर्थिक वर्ष २०६७/७७ को पहिलो महिनामै अन्य दुई सचिवले पनि अवकाश पाउँदै छन्। साउनमै अवकाश पाउनेमा युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण देवकोटा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्ण बिसी छन्। दुव सचिवले ५८ वर्षे उमेर हदका कारण बिदा पाउन लागेका हुन्। यता रिक्त हुनअघि नै सहसचिवबीच दौडधुप र प्रतिस्पर्धा सुरु भइसकेको छ।

सचिव

विशेष