७२ सालदेखि फोरजीको चर्चाः गोकुल बाँस्काेटा र टेलिकमका हाकिम शैली ‘लै बरि लै’

७२ सालदेखि फोरजीको चर्चाः गोकुल बाँस्काेटा र टेलिकमका हाकिम शैली ‘लै बरि लै’

 

काठमाडौँ । मोबाइल इन्टरनेटमा चौथो पुस्ताको सेवा (फोर जी)मा जानेबारे नेपाल टेलिकमको सञ्चालक समिति बैठकले २०७२ साल चैत्र १९ गते निर्णय लियो । त्यसबेला समिति बैठकले काठमाडौँ उपत्यका र चार उपमहानरपालिकामा फोर जी सेवा विस्ता गर्ने निर्णय गरेको थियो ।

निर्णय गरेको एक वर्षपछि २०७३ साल पुस १७ गतेबाट नेपाल टेलिकमले भइरहेको थ्रीजी प्रणाली अपग्रेड गर्दै काठमाडौँ र पोखरामा पहिलोपटक फोरजी सेवा सुरु गर्यो । नेपाल टेलिकम भन्दा पछि अनुमति पाएर फोरजी सेवा सुरु गरेको निजी कम्पनी एनसेलले देशभरका सातै प्रदेशमा फोरजी विस्तार गरेपनि देशभर फोरजी चलाउने उद्घोष गरेको सरकारी स्वामित्वको कम्पनी भने अझै बिटिएस टावर र सामान किन्नमैँ व्यस्त छ । 

किन रोकियो ? 

टेलिकमले देशभर फोरजी सेवा विस्तार गर्ने भन्दै २०७४ कार्तिक १३ मा कोर नेटवर्क तथा कार्तिक २० मा -यान नेटवर्कको लागत अनुमान स्वीकृत गरेको थियो । २२ कार्तिक २०७४ मा फोर जी सेवा विस्तारका लागि टेलिकमले टेण्डर खुला गर्यो ।

बेग्लाबेग्लै बोलपत्र आह्वान गरियो । तर यसलाई लिएर उच्च अदालतमा उजुरी पर्यो । उच्च अदालतले रिट नै खारेज गरयो । रिट खारेजीपछि बाटो खुल्ला भयो । कम्पनीले बोलपत्र खोल्यो । तर टेण्डर मुल्याङकनकै क्रममा अख्तियारले फाइल नियन्त्रणमा लियो ।

फलतः नौ महिनासम्म टेलिकमले काम अघि बढाउन सकेन । झण्डै १० महिनापछि फोरजी सेवा विस्तार गर्न निर्देशनसहित अख्तियारले फाइल सञ्चार मन्त्रालयमा पठायो । मन्त्रालयले थप चार महिना फाइल अड्काएपछि काम सुरु भएको थियो । त्यो पनि सञ्चारमन्त्रीको डाइरेक्टर इन्टरेससहित पूर्ववत् कम्पनीलाई बोलपत्र दिने सर्तमा ।

त्यसपछि के भयो ? 

२०७५ सम्म विस्तारमा रोकिएको फोर जी सुरु गर्नेबारे टेलिकमले २०७६ माग २० गते दुई चिनिया कम्पनीसँग सम्झौता गर्यो । फोर जी/एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क (-यान) को लागि चिनियाँ कम्पनी जेड्टीई र हङकङको कम्पनी सीसीएसआईसँग सम्झौता भयो ।

१ अर्ब ६५ करोड ७३ लाख रुपैयाँ कबोल गरेर कोर नेटवर्क विस्तारको जिममा जेटईले पाएको थियो । त्यस्तै चिनियाँ कम्पनी हुवावेको सहायक कम्पनी सीसीएसआई हङकङले रेडियो एक्सेस नेटवर्क (र्या्न)को जिम्मा पायो । उसले दुई प्याकेजकै जिम्मा पाएको छ ।

पहिलो प्याकेजबाट ८ अर्ब ७५ करोड २६ लाख र दोस्रो प्याकेजको ८ अर्ब ३९ करोड ३१ लाख रुपैयाँ उसले कबुल गरेको छ । यो पुरै परियोजनाका लागि १८ अर्ब ८० करोड रुपैयाँ टेलिकमले खर्चनु पर्नेछ ।

 
नेपालभर ६५ लाख क्षमताको फोरजी/एलटिई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा -यान नेटवर्क तयार गर्नेगरी भएको टेण्डर सम्झौता १ वर्षे अवधिको छ । टेण्डर सम्झौतामा मूख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहनेछ भने कोर नेटवर्कको लागि जेडटिई र रेडियो एक्सेस नेटवर्क        (-यान) सिसिएसआईसँग सम्झौता भएको छ ।

-यान नेटवर्क अन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सात वटै प्रदेशमा सेवा विस्तार गर्ने सम्झौतामा उल्लेख छ । 

बल्ल सुरु भयो चलखेलको गन्ध

३३ महिनाको अवधि दिने गरी टेन्डर आह्वान भएकोमा १२ महिनामै सक्न निर्देशनसहित दुई कम्पनीले टेण्डर लिएपछि यसलाई लिएर चलखेलको आशंका मौलाएन मात्र संसदीय समितिहरुले पनि कान ठाडा पारे ।

हुन पनि चिनियाँ कम्पनी हुवावे टेक्नोलोजिज्ले ‘करीब साढे तीन अर्ब रुपैयाँमा टूजी र थ्रीजी सेवा पुगेका स्थानमा फोरजी स्तरोन्नति गरिदिने प्रस्ताव ल्याएको थियो । काठमाडौं र पोखरामा टेलिकमका भइरहेकै बेस ट्रान्सिभर स्टेशन (बीटीएस) टावर तथा प्रणालीलाई स्तरोन्नति गरी फोरजी चलाइएको थियो । स्रोत भन्छ –‘‘ टूजी र थ्रीजीलाई केही उपकरण थपेर स्तरोन्नति गरी फोरजी चलाउन सकिन्थ्यो तर टेलिकमले यो विकल्प रोजेन । ’’

स्रोतका अनुसार यी कामका लागि कानूनी प्रावधान पनि बाधक थिएन भने नियम अनुसार, ठेक्काको २० प्रतिशतसम्म ‘भेरिएसन’ गर्न मिल्थ्यो, जस अनुसार रु. ३ अर्ब हाराहारी थप भुक्तानी दिएर स्तरोन्नति गर्न मिल्थ्यो ।

टेलिकमको थ्रीजी प्रणाली तथा उपकरण जडान गरेको हुवावेले केही उपकरण थपेर स्तरोन्नति गरी काठमाडौं र पोखरापछि देशैभरि फोरजी प्रणाली विस्तारको प्रस्ताव राख्दै आएको थियो । तर तत्कालीन टेलकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले हुवावेको प्रस्ताव लत्याईदिइन् ।

फलस्वरुप टेलिकमले फोरजी सेवाको उपकरण र प्रणाली किन्न करीब अब भण्डै रु।१९ अर्ब खर्चनु पर्छ । जबकी काठमाडौं र पोखरामा विद्यमान प्रणालीलाई अपग्रेड गरेरै टेलिकमले फोरजी सेवा दिइरहेको छ ।

काठमाडौँ र पोखरामा हुने अन्यत्र किन नहुने भन्ने प्रश्नबारे नाम नबताउने शर्तमा टेलिकमका एक अधिकारी भन्छन् – ‘‘१५ अर्बको कमिशनको खेल छ ।’’ प्रतिस्पर्धी एनसेलले थ्रीजीकै स्तरोन्नतिबाट अपग्रेड गरिरहँदा र देशभर सेवा विस्तार गरेपनि टेलिकम अर्बौँ रकम र अझै पछि धकेलिने नीतिमा बढेको छ । विश्व बजार फाइज जीमा प्रवेश गरिरहँदा टेलिकम फोर जी पु-याउन माघ सम्म कुर्दैछ त्यो पनि ग्यारेण्टी छैन । 

जब जाग्यो संसदीय समिति

फोर जी विस्तारमा अर्बौँको चलखेलबारे सूचनाहरु सार्वजनिक हुन थालेपछि प्रतिनिधि सभाको अर्थ समिति र लेखा समितिले यसबारे चासो देखाउँदै गत माघमा बैठक गरे टेलिकमका अधिकारीहरु बोलाएर ।

समितिमा सदस्यहरुको भनाई थियो– सस्तो लागतमा फोरजी अपग्रेड गर्न सकिने विकल्प हुँदाहुँदै १९ अर्ब रुपैयाँको टेन्डर किन गरियो ? जबकी कि दुई वा तीन अर्ब रुपैयाँमै अपगे्रड गर्न सकिने हुँदा हुँदै किन बढी रकम लिईयो ?

सांसदहरूले एनसेलले सस्तो लागतमै फोरजी सेवामा अपग्रेड गरेको दाबी मात्र गरेनन् टेलिकमको नियतमाथि शंका गरे ।

अर्थ समितिको १५ माघमा बसेको बैठकले एक वर्षभित्र फोर जी सम्पन्न गर्न निर्देशन दियो । फोर जीमा घोटाला भएको भन्दै विरोध गर्ने घनश्याम भुषाल, रामकुमारी झाँक्री चुप बसे । समितिको निर्देशन लगत्तै टेलिकमले दुवै कम्पनीसँग सम्झौता गरेको थियो ।  

सम्झौताका कागजसमेत दिईएन्  

अर्थ समितिले टुंग्याएपछि लेखा समितिमा नेपाल टेलिकमले फोरजी सेवा विस्तारका लागि टेण्डर गर्दा अनियमितता भएको उजुरी पर्यो । उजुरीकर्ताले फोरजी सेवाको विस्तारको नाममा वास्तविक लागत भन्दा बढी बजेट मुल्याङ्कन गरिएको, स्वार्थ बाझिने अवस्थामा समेत ठेक्का दिएको उल्लेख गरे ।

उजुरीकर्ताले बोलपत्रदाता कम्पनी सिसिएसआईको योग्यतामा समेत प्रश्न उठाए । अब लेखा समितिले टेण्डरका सम्पूर्ण कागजात माग्ने निर्णय गर्यो । माघ १९ मा टेलिकमलाई पत्र लेख्दै लेखा समितिले टेण्डरका सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दियो ।

पटक पटक गरेर तीन पटक पत्र पठायो । तर मिनी संसदको रुपमा लिइने संसदीय समितिलाई नेपाल टेलिकमले लोप्पा खुवाईदियो । ठेक्का प्रक्रियाका कागजात, मुल्याङ्कन प्रतिवेदन र ठेक्का प्रक्रियामा संलग्नहरुको विवरण पठाउन भन्दै तीन पटकसम्म संसदीय समितिले पत्राचार गरेपनि टेलिकमले विवरण दिन अस्वीकार गर्यो ।

कागजात दिनै नमिल्ने जवाफ दियो । लेखाको पहिलो पत्रमा एक साताभित्र कागजात पठाउने भनेको टेलिकमले दोस्रो पत्रमा गोपनीयताको कारण देखाउँदै कागजात नै दिएन । यतिमात्र होइन लेखा समितिलाई टेलिकमले मुल्याङ्कन कर्ताहरुको व्यक्तिगत विवरण पनि गोपनियताका कारण पठाउन नमिल्ने जवाफ दिएको थियो ।

टेलिकमले किन जवाफ नपठाएको भन्ने नेपाल आजको जिज्ञासामा एक कर्मचारीले सञ्चार मन्त्रालयदेखिकै चलखेल भएको जनाएका छन् । उनी भन्छन्–‘‘फोरजीको सम्झौतामा भविष्यमा चिनियाँ कम्पनीहरूलाई ‘भेरिएसन’ मार्फत थप रकम दिने चोर बाटो खुल्ला गरिएको छ ।’’

अर्कोतर्फ अहिले सञ्चालनमा रहेका थ्रीजी र टूजी नेटवर्क एवं बिलिङ प्रणालीसँग प्रस्तावित फोरजीको अन्तरसम्बन्ध स्थापना, प्रणालीको पूर्ण आधार लगायतका विषयमा बोलपत्रमा प्रष्ट उल्लेख नभएकाले नेपाल टेलिकमले यी कामका लागि भविष्यमा डेढ अर्ब रुपैयाँ भन्दा बढी खर्चनुपर्ने जोखिम रहेको स्रोतको दाबी छ ।

अधिकारीको नियुक्ति अघि र पछिको चलखेल

फोरजीबारे अख्तियारले फाइल सञ्चार मन्त्रालयमा फर्काएपछि झण्डै चार महिना फाइल मन्त्रालयमैँ अड्कियो । चार महिना फाइल अड्किएपछि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अघि टेण्डर गरिएका कम्पनीलाई नै दिनेगरी अघि बढे र यसका लागि प्रबन्ध निर्देशक आफूनिकटका व्यक्ति ल्याउन चलखेल सुरु भयो ।

टेलिकममा १९ अर्बको चलखेल गरी व्यापक भ्रष्टाचार गर्न सकिने देखेपछि तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई कार्यसम्पादन सन्तोषजनक नभएको आरोप लगाई पटक पटक स्पष्टीकरण सोधियोे । प्रधानमन्त्रीले नै बोलाएर कार्यप्रगति सन्तोषजनक नभएको भन्दै सोधे ।

टेलिकमले काठमाडौं र पोखराबाहेक अन्यत्र फोरजी सेवा विस्तार गर्न नसकेको, ग्रामीण दूरसञ्चार कोषको रकमबाट मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काममा ढिलाई गरेको भन्ने आरोप भण्डारीलाई लगाई कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै सरकारले उनलाई हटायो । जब की खुला प्रतिस्पर्धाबाट छानिएकी टेलिकमको पहिलो प्रबन्ध महिला निर्देशक राजभण्डारीलाई उनको कार्यकाल एक वर्ष बाँकी थियाे । सरकारले २०७६ साउन २९ मा उनलाइ हटाउने निर्णय गर्यो ।

राजभण्डारी २०७३ असोजमा तीन वर्षको लागि नियुक्त भएकी थिइन् । राजभण्डारीलाई हटाएपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाका खाश निकट डिल्लीराम अधिकारीलाई २०७५ पुस १९ गते तीन वर्षका लागि नियुक्त गर्यो ।

४४ वर्षमा टेलिकमको प्रबन्ध निर्देशक हुन सफल अधिकारी टेलिकमका कान्छा निर्देशक हुन पुगे । दशौँ तहका अधिकारी टेलिकमा ५४ औँ -यांकमा थिए । कनिष्ठलाई माथि लगेर मुख्य बनाईएपछि उनीमाथिका ५० बढी कर्मचारीले उनको स्वागत, बैठकमा सहभागि मात्र भएनन् सिधै अटेर गरे ।

विभागीय मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई यसको रिपोर्टिङ भएपछि टेलिकममा अब ३० वर्षे उमेरहद लगाएर हटाउन खोजिएको टेलिकम निकट स्रोतले जनाएको छ ।

एक अधिकारी भन्छन् –‘‘यसो गर्दा अधिकारीलाई काम गर्न सहज मात्र हुनेछैन आफूमाथिकाहरु घर गएपछि हालीमुहाली चलाउन सजिलो छ । ’’

त्यसो त कामिनी राजभण्डारीले लिएर सञ्चार मन्त्रालय पुग्दासम्म मन्त्रीसँग उतिसारो निकट सम्बन्धमा थिएनन् । सरकारले कामिनी राजभण्डारीलाई हटाउन पटक पटक पत्राचारमा लागेपछि अधिकारी राजभण्डारीका गतिविधिबारे रिपोर्टिङका लागि पटक पटक सञ्चार मन्त्रालय धाउन थाले ।

कात्तिक दोस्रो साता दुबईमा अन्तर्राष्ट्रिय दुरसञ्चार संगठनको सम्मेलनमा भाग लिन मन्त्री बाँस्कोटाले उनको नाम हालेपछि भने टेलिकमभित्र उनलाई भावी प्रबन्ध निर्देशकका रुपमा कतिपयले बुझ्न थालिसकेका थिए । 

 

प्रतिस्पर्धीले उछिने बजार, चलखेलले निरीह टेलिकम

टेलिकममा फोर जी सेवा सुरु गर्नेबारे तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले २०७३ माघ पहिलो साता बसेको संसदको विकास समितिमा भनेकी थिइन् । – ‘‘टेलिकमले सुरु गरेको फोरी जी सेवाको १५ दिनमै ४१ हजार ग्राहकले सेवा लिएका छन् । ’’


फोरजीमा ग्राहकको उच्च आकर्षण देखिएपछि संसद्को विकास समितिले पनि चासो जनाउँदै फोर जी सेवालाइ दूरसञ्चार प्राधिकरणले स्वीकृति दिएको एक वर्षभित्र देशैभर विस्तार गर्न निर्देशन दिएको थियो । तर काम अघि बढ्न सकेन । 


सबल कम्पनीको गिर्दो अवस्था 

कुल १५ अर्ब चुक्ता पुँजी भएको नेपाल टेलिकमको मोबाइल र आधारभूत टेलिफोन सेवा गरेर दुई करोड भन्दा बढी प्रयोगकर्ता छन्।  देशकै सबैभन्दा बढी प्रयोगकर्ता भएको टेलिकम्युनिकेशन कम्पनी टेलिकम नै हो ।

एडिएसएल सेवा त नेपाल टेलिकमले दिने हो । तर स्रोत, साधन र कर्मचारीतन्त्रको व्यवस्थापनमा देखिएको समस्याले सबल कम्पनी झन् झन् गिर्दै गइरहेको छ । यसले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन सेवाबाट रिभेन्यु गुमाउँदै गएको छ ।

महशुल घटाउँदा पनि ग्राहक तान्न सकेको छैन । जस्तो कि यसले गतवर्ष एडिएसएलको महशुल एक हजारबाट ८ सयमा झारेपनि सेवा विस्तार नहुँदा प्रयोगकर्ता घट्दै छन् बरु इन्टरनेट सेवा प्रदायक निजी कम्पनीहरुले सहजै सेवा दिन थालेका छन् ।

मोबाइल फोनको व्यापक विस्तारले गर्दा टेलिफोनको प्रयोगकर्ता घट्दै गएका छन् । अर्कोतर्फ निजी कम्पनीको आक्रामक बजार विस्तारले टेलिकम क्रमशः धराशायी बन्दै छ । 


फोर जीमा निजी कम्पनीको आक्रामक बजार विस्तार 

टेलिकमको भन्दा पाँच महीना ढिलो गरी १८ जेठ २०७४ मा काठमाडौं, बनेपा र धुलिखेलमा फोरजी सेवा शुरू गरेको टेलिकमको प्रतिस्पर्धी सेवा प्रदायक एनसेलले दर्जनौं साना–ठूला शहरमा सेवा विस्तार गरिसकेको छ । गत बर्षको जेठमा एनसेलका फोरजी सेवा चलाउने ग्राहकको संख्या १० लाख ७९ हजार थिए । नेपाल टेलिकमको फोरजी सेवा चलाउने ग्राहकको संख्या गत बर्ष ५ लाख ९१ हजार जना रहेको थियो ।

एनसेलले १ बर्षमा फोरजी ग्राहकको संख्या १७ लाखले वृद्धि गरेको छ । चालु बर्षको जेठसम्म एनसेलका १६ लाख ८७ हजार २ सय ८५ जना ग्राहक थपिएका छन् । जबकी एनसेल अघि नै फोर जी सञ्चालन थालेको सरकारी स्वामित्वको नेपाल टेलिकमा पछिल्लो एक वर्षको अवधिमा जम्मा १ लाख ९० हजार जना मात्रै फोरजी सेवाका ग्राहक थपिएका छन् ।

नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस रिपोर्टका अनुसार एनसेलको फोरजी सेवा चलाउने ग्राहकको संख्या २७ लाख ६६ हजार २ सय ९८ जना पुगिसकेका छन् । जबकी एनसेलभन्दा ५ महिना अघि फोर जी सञ्चालन थालेको नेपाल टेलिकमका ग्राहक संख्या जम्मा ७ लाख ८१ हजार ७ सय ७७ जना मात्र छन । 


आक्रामक बजार विस्तार गरिरहेको एनसेलले फोरजी सेवा सातै प्रदेशका १ हजार भन्दा बढि स्थानमा विस्तार गरिसकेको जनाएको छ । देशभर फोरजीका हाल ३६ लाख १२ हजारभन्दा बढी प्रयोगकर्ता छन् । जसमा २६ लाख ७५ हजार बढी प्रयोगकर्ता एनसेलको फोरजी चलाउँछ भने टेलिकमसँग जम्मा ७ लाख ६२ हजार मात्रै फोरजीका प्रयोगकर्ता छन् ।

स्मार्ट टेलिकमले पनि करिब एक लाख ७४ हजार ग्राहक तानिसकेको छ । यस आधारमा नेपालको फोरजी बजारको टेलिकमको हिस्सा २१ प्रतिशतमात्रै टेलिकमसँग छ । फोरजी बजारको करिब ७४ प्रतिशत हिस्सा एनसेलको ओगटीसकेको छ भने टेलिकमभन्दा ढिलो सेवा सुरु गरेको स्मार्ट टेलिकमले समेत ५ प्रतिशत बजार हिस्सा बनाइसकेको छ ।


नेपाल दुरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार नेपालमा हाल फोरजी सेवा प्रयोग गर्नेको संख्या ३७ लाख ४६ हजार छन ।


टेलिकम किन बजार गुमाउँदै छ त ?टेलिकमका उपल्लो तहका एक कर्मचारी भन्छन् –‘‘फोर जी मा जानाजान ढिला गराईयो । सरकारी संयन्त्र पनि दोषी छन् । मलाई लाग्छ एनसेलबाट केही रकम लिएर यस्तो भएको हुनसक्छ । ’’

 

विश्वबजार फाइभजीमा हामी फोरजी

मोबाइल इन्टरनेटमा चौथो पुस्ताको फोर जी सेवा थ्री जी भन्दा पाँच गुणा बढी गतिको इन्टरनेट सेवा मानिन्छ । यो सेवाको इन्टरनेटमा उच्च गतिको अडियो एवम् भिडियो फाइल सजिलै खोल्न सकिन्छ । फोर जी खास गरी भिडियो कल, भिडियो स्ट्रिमिङ्ग, टेलिभिजन ब्रोडकास्ट, न्यूज, टेलिमेडिसिनजस्ता उच्च गतिको इन्टरनेटमा आधारित सेवाका लागि उपयोगी हुन्छ ।

तर हामी यतिका लागि रुमल्लिरहँदा रुमल्लिरहँदा विश्वबजार फाइभ जी मा पुगिसकेको छ । छिमेकी देश चीनले फाइभ जी प्रयोगमा ल्याइसकेको छ भने कोरियाका शरहरमा पनि फाइभजी प्रयोगमा छ । जुत अति गतिको सेवा हो । 


के के काम बाँकी छ त ?

टेलिकमका अनुसार ग्लोबल टेण्डरमार्फत आएका कम्पनीसँग सम्झौता गरी अहिले टेलिकमले काम अघि बढाइरहेको छ । कोर नेटवर्किङको जडान गर्ने काम भइरहेको छ भने फोरजी र एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्कको लागि चिनियाँ कम्पनी जेटटीई र सीसीएसआई हङकङसँग सम्झौता भएको छ ।

नेपालभर ६५ लाख क्षमताको फोरजी र एलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई रेडियो एक्सेस नेटवर्क तयार गरिने सम्झौतामा उल्लेख छ । रेडियो एक्सेस नेटवर्कअन्तर्गत नेटवर्क–१ र नेटवर्क–२ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने जनाइएको छ । 

टेलिकमका अनुसार आगामी माघभित्र सबै शहरहरुमा नेटवर्क विस्तार गर्नुपर्छ । कोर नेटवर्कको काममा ६० प्रतिशत पूरा भएको छ भने रेडियोएक्सेसको काम पनि ३० प्रतिशत पूरा भइसकेको छ । हाल उपकरणका सामान आयात भएर जडानका क्रममा रहेको टेलिकमले जनाएको छ ।

अझै पनि पावर सिस्टमका डिभाइसहरुको जडान, ट्रान्समिसन सिस्टमहरुको जडान, साइटहरुलाई रेडिनेस गराउनुपर्ने तथा  साइटको अपडेट गराउनुपर्ने लगायतका काम छन् । यी काम क्रमशः भैरहेको टेलिकमले जनाएको छ ।

तर विश्वबजार यति छिटो प्रविधिमा फड्को मार्दै छ कि एक सेकेण्डको पनि त्यत्तिकै महत्व छ । आज किनेको मोबाइल सेट घरमा लगेर चलाउँदा चलाउँदै पुरानो मोडलको भैसक्छ । अब यस्तोमा हेर्नुछ १९ अर्ब खर्च गरेर गरिने सेवा दुई दिनमैँ कोल्याप्स हुने त होइन ?  

र यो पनि हेर्नुहोस:

संम्बधित खबर

विशेष