News

पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड जाँदै

पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड जाँदै

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाने भएका छन् । देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र निजी सचिव सागर तिमल्सिनाका साथ भोलि साउन २४ गते शुक्रबार थाइल्याण्डको बैंकक जान लागेका हुन् ।

उनको यो भ्रमण पारिवारिक रहेको निर्मल निवास स्रोतले जनाएको छ । विभिन्न सामाजिक सञ्जालमा पूर्वराजवादीले राजा फर्कने अफवाह चलाइरहेको बेला उनी थाइल्याण्ड जान लागेका हुन् ।

उनी त्यहाँ पुगेको केही दिनपछि पूर्वरानी कोमल पनि थाइल्याण्ड जाने जाने भएकी छन् । पूर्वयुवराज्ञी हिमानी शाह बुधबार दुई छोरी पूर्णिका र कीर्तिकासँगै थाइल्याण्ड पुगेकी छन् । अधिकांस भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र, कोमल र हिमानी सँगसँगै निस्कने गरेका छन् ।

दशैँको केही दिनअघि मात्र फर्कने गरी पूर्वराजाको परिवार थाइल्याण्ड जान लागेका हुन् । करिब तीन साता लामो भ्रमणको मिति तय गरी थाइल्याण्ड जान लागेका हुन्। ज्ञानेन्द्र थाइल्याण्डलाई ट्रान्जिट बनाएर विभिन्न मुलुक भ्रमण गर्ने तयारी गरेका छन् ।

स्रोतका अनुसार पछिल्लो समय ज्ञानेन्द्रको अधिकांस भ्रमण थाइल्याण्ड मात्र हुने गरेको छ । ‘नेपालबाट अन्य मुलुक जाँदा हल्ला हुने भएकाले नातिनीहरूको पढाइको अवस्थाबारे जानकारी लिन भन्दै थाइल्याण्ड जाने गर्नुभएको छ’ - स्रोतले भन्यो ।

पूर्वराजा ज्ञानेन्द्र वर्षमा दुई पटकभन्दा बढी थाइल्याड जाने गर्छन् । उहाँ यसपालि अपार्टमेन्टमा बस्नेगरी थाइल्याण्ड जान लागेका हुन् । पूर्वराजा ज्ञानेन्द्र गत वर्ष पनि दशैँअघि थाइल्याण्ड गएका थिए । नेपाल रहँदा पनि गत वर्ष पूर्व, तराई, पश्चिम, मध्यपश्चिम, सुदुरपश्चिम र मध्यमाञ्चलका विभिन्न जिल्ला भ्रमण गरी स्थानीय राजवादीहरूसँग भेट गरेका थिए । यो खरब आजको नेपाल समाचार पत्रबाट लिइएको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाह

विशेष