News

डीभी/अमेरिका प्रकरण : वडाध्यक्षमाथि छानबिन हुने

डीभी/अमेरिका प्रकरण : वडाध्यक्षमाथि छानबिन हुने

मकवानपुर : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मकवानपुरस्थित भीमफेदी गाउँपालिकाका एक वडाअध्यक्षको अमेरिका भ्रमणबारे छानविन गर्ने भएको छ ।

गाउँपालिका ८ का वडा अध्यक्ष जगतमान घिसिङ डीभी परेर परिवारसहित अमेरिका गएपछि सो पद रिक्त रहेको भन्दै स्थानीयले निवेदन दिएका थिए । त्यसपछि त्यसबारे छानबीन गर्न लागेको मन्त्रालयका सचिव यादव कोइरालाले जानकारी दिँदै भने –‘डिभी परेर अमेरिका गएको रहेछ भन्ने सो पद रिक्त रहन्छ । यसबारे विस्तृत छानबीन गरेर मात्र भन्न सकिनेछ ।’

सो वडाका स्थानीयले वडाध्यक्षको उपनिर्वाचन गराउन माग गर्दै निर्वाचन कार्यालय मकवानपुर र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा निवेदन दर्ता गराएको थियो । ‘सो पद रिक्त रहेको भनि मन्त्रालयले सिफारिश गरेमा मात्र निर्वाचन आयोगले उपनिर्वाचन गराउँदछ । रिक्त रहेको भनी पुष्ट्याई गर्ने काम मन्त्रालयको हो । आयोगले रिक्त रहेको भनेर पुष्टि गर्न सक्दैन’– प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने ।

पूर्वप्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ्गले वडाध्यक्षले बिदा स्वीकृतिको लागि दिएको पत्र हरेर मात्र सो पद रिक्त रहेको वा नरहेको भन्न सकिने प्रतिक्रिया दिए । वडाध्यक्ष घिसिङ वडा सदस्य नवराज अधिकारीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएर गत चैत २७ गते परिवारसहित अमेरिका उडेका थिए । यो खबर आजको नेपालसमाचार पत्रबाट लिइएको हो।

डिभी

विशेष