News

तीजमा पार्टी प्यालेसमा दर खान निषेध, अटेर गरे कारबाही 

तीजमा पार्टी प्यालेसमा दर खान निषेध, अटेर गरे कारबाही 


 

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले तीज पर्व मनाउने नाममा विभिन्न होटल तथा पार्टी प्यालेसमा दर खाने तथा भेटघाट कार्यक्रम गर्ने, गरगहना प्रदर्शन गर्ने, फजुल खर्च गर्ने, विभिन्न साङ्गीतिक कार्यक्रमका नाममा ध्वनि प्रदूषण गराउनेजस्ता असामाजिक क्रियाकलाप नगर्न चेतावनी दिएको छ ।

आगामी भाद्र शुक्ल द्धितीयादेखि पञ्चमीसम्म मानिने हरितालिका तीजमा यी गतिविधि नगरी सभ्यपूर्वक मनाउन अपिल गरेको हो । तीजमा दर खाने, व्रत बस्ने तथा भगवान् शिवको आराधना गरी नाचगान गरेर मौलिकता संरक्षण गर्न कार्यालयले जारी गरेको सूचनामा आग्रह गरिएको छ । 


कार्यालयको आग्रह बेवास्ता गरी क्रियाकला गरेको पाइए सामाजिक सुरक्षा ऐन–२०३३ अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी जयबहादुर रानामगरले जानकारी दिनुभयो ।

तीज

विशेष