छोराछोरीसहित नारायणीमा फलालेकी महिलाको उद्धार, दुई छोराछोरीको मृत्यु
नवलपरासी । नवलपरासीमा नारायणी नदीमा छोराछोरीसहित हाम फलालेकी आमाको उद्धार गरिएको छ । तर छोराछोरीले भने ज्यान गुमाएका छन् । नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा साढे दुई वर्षीय अभिनाथ विश्वकर्मा र डेढ महिनाकी छोरी निकिता विश्वकर्माको मृत्यु भएको छ ।
आमा २४ वर्षीय सुधा विश्वकर्मालाई भने स्थानीयवासीले उद्धार गरेका छन् । उनलाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
उनका श्रीमान प्रहरी युक्ती तालिम महाविद्यालय जर्गाहा नवलपरासीमा कार्यरत छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।