काश्मिर घटनाबारे राजदुतबाट परराष्ट्रमन्त्रीलाई ब्रिफिङ
काठमाडौँ । भारत सरकारले काश्मीर घटनाबारे सरकारलाई औपचारिक जानकारी गराएको छ । काठमाडौमा भारतीय राजदूत मन्जिवसिंह पुरीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेटेर जानकारी गराएका हुन् ।
उता नयाँ दिल्लीमा पनि नेपाली राजदूत निलाम्बर आचार्यलाई मन्त्रालयमा बोलाएर भारतीय परराष्ट्र सचिवले घटनाबारे जानकारी गराएका छन् ।
भारतको संविधानमै जम्मू कश्मीरलाई दिएको विशेष अधिकार हटाउने निर्णय केही दिनअघि सरकारले गरेको थियो ।