प्रधानाध्यापकले कुट्दा छात्रको दाँत झर्यो
बागलुङ। प्रध्यानाध्यापकले कुट्दा कक्षा १० मा अध्ययनरत छात्रको दाँत झरेको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल पौडेलको दाँत झरेको घाइते विद्यार्थीका बुबा प्रेमप्रसाद शर्मा पौडेलले जानकारी दिए ।
अतिरिक्त गणित विषय पढाउने प्रअ गौतमले कुशलले नजानेको निहुँमा कुटपिट गरेको शर्माले बताए ।
‘माथिल्लो दाँत खसेकाले त्यहीँका शिक्षकले खबर गरेपछि हामी पुगेर ल्याएका हौँ’ उनले बताए ।
पीडितकी आमा स्वास्थ्यकर्मी भएकाले घरमै राखेर उपचार गरिएको छ ।