News

सुमार्गीको हेलो नेपालले तिरेन ७९ करोड रोयल्टी

सुमार्गीको हेलो नेपालले तिरेन ७९ करोड रोयल्टी

काठमाडौं । दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) लाई फ्रिक्वेन्सी दस्तुरको बक्यौता बुझाउन १५ दिने अल्टिमेटम दिएको छ । व्यवसायी अजेयराज सुमार्गीसमेतको लगानी रहेको हेलो नेपालले सरकारलाई फ्रिक्वेन्सी दस्तुरबापत ७९ करोड ९२ लाख २७ हजार रुपैयाँ बुझाउन बाँकी छ । 

 

बक्यौतामध्ये सात करोड रुपैयाँ १५ दिनभित्र भुक्तानी गर्न अल्टिमेटम दिँदै प्राधिकरणले बाँकी रकम तिर्न तीन महिनाको समय दिएको छ । तत्काल तोकिएको बक्यौता नबुझाए लाइसेन्स स्वतः खारेज हुने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

 

‘१७ साउनमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हेलो नेपाललाई बक्यौता रकम तिर्न १५ दिन र तीन महिनाको अल्टिमेटम दिएको छ,’ उनले भने, ‘पहिलो १५ दिनमा सात करोड रुपैयाँ र त्यसपछिको तीन महिनाभित्र बक्यौता तिर्न निर्देशन दिएका छौँ ।’ दूरसञ्चार ऐन, २०५३ को दफा २८ को उपदफा ३ अनुसार तोकिएको समयमा बक्यौता नबुझाए लाइसेन्स स्वतः रद्द हुनेछ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

दूरसञ्चार प्राधिकरण रोयल्टी नेपाल स्याटेलाइट टेलिकम प्रालि हेलो नेपाल

विशेष