News

प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किने

प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य परीक्षण सकेर आइतबार स्वदेश फर्किने भएका छन् प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन आर्यालले आइतबार अपराह्न प्रधानमन्त्री स्वदेश फर्कने जानकारी दिए ।  

‘शुक्रबार आउनुहुन्छ कि भन्ने थियो तर स्वास्थ्य परीक्षण भइरहेको छ, चिकित्सकसँगको परामर्शपछि उनी आइतबार मात्रै आउनुहुन्छ’ डा. अर्यालले भने । यसअघि पधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्यान्ड गएका थिए ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ गएका हुन् । 

केपी शर्मा ओली स्वदेश

विशेष