प्रधानमन्त्रीले नै विवादास्पद व्यक्ति च्यापेर हिँडेपछि...

प्रधानमन्त्रीले नै विवादास्पद व्यक्ति च्यापेर हिँडेपछि...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि अहिले सिंगापुरमा छन्। एक साताका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली थप दुई समय लम्बाएर आइतबार स्वदेश फर्किने भएका छन्। यसअघि शुक्रबार स्वदेश फर्किन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन आर्यालले बताएका थिए। यद्यपि प्रधानमन्त्रीको सिंगापुर बसाइ थप दुई दिन थपिएको छ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा हुँदैछ। प्रधानमन्त्री ओलीको सिंगापुर बसाइमा लाखौँ रुपैयाँ खर्च हुँदैछ। तर उक्त खर्च प्रधानमन्त्री आफूले नै व्यहोर्ने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि गोकुल बाँस्कोटाले गत हप्ताको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बताएका थिए। 'सरकारले प्रधानमन्त्रीको र उनीहरूसँग गएको टिमको हवाइ भाडाको खर्च मात्रै व्यहोर्छ' उनले भनेका थिए, 'आफ्नो उपचारका क्रममा लागेको सम्पूर्ण खर्च प्रधानमन्त्री आफूले तिर्नुहुन्छ।'

तर, प्रधानमन्त्री ओलीले आफ्नो उपचारको खर्च व्यहोर्नका लागि व्यक्तिगत आम्दानी त्यति सन्तोषजनक छैन। उनी त्यस्तो धनाड्य व्यक्ति पनि होइनन् र उनी विगत १२ वर्षदेखि महँगो रकम तिरेर फलोअप गर्दै आएका छन्। उनले १२ वर्षअघि भारतको अपोल अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए र त्यसको फलोअप थाइल्यान्डमा गर्दै आएका थिए।

प्रधानमन्त्री ओली अहिले जुन अस्पतालमा भर्ना भएका छन् त्यसको एउटा बेड ए१ को एक रातको चार्ज ५३५ सिंगापुर डलर अर्थात् झण्डै ४४ हजार नेपाली रूपैयाँ छाग्छ। त्यस्तै, उक्त हस्पिटलको डिलक्स बेडको चार्ज ८०२ सिंगापुर डलर अर्थात् झण्डै ६६ हजार नेपाली रूपैयाँ पर्न जान्छ।

यदि प्रधानमन्त्री ओली ९ दिनसम्म अस्पतालमै बस्नु पर्ने अवस्था हो भने उनीको अस्पतालको बेड चार्ज नै लाखौँ तिर्नु पर्ने हुन्छ। विभिन्न तथ्यांकले देखाएको विश्वकै महँगो सहर सिंगापुरमा प्रधानमन्त्री ओली एक्लै छैनन्। उनका साथमा उनकी पत्नी राधिका शाक्य, निजी चिकित्सक डा. दिव्या सिंह शाह, राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका सुरक्षाकर्मी, परराष्ट्र मन्त्रालयका अधिकारलगायत छन्।

उनीहरू सबैको खर्च पनि प्रधानमन्त्रीले नै व्यहोर्ने हो भने उनी लाखौँ रूपैयाँ खर्च गर्नु पर्ने हुन्छ। तर, हवाइ टिकटबाहेक अरू खर्च सरकारले नव्यहोर्ने सरकारका प्रवक्ता बाँस्कोटले बताएका छन्। यदि सरकारले प्रधानमन्त्रीको खर्च व्यहोर्दैन भने उनको खर्चको चाँजोपाँजो कस्ले मिलाउँदै छ त?

स्रोतका अनुसार उक्त खर्चको चाँजोपाँजो विवादित व्यक्ति पर्सा वीरगञ्जका मेडिकल कलेज सञ्चालक बसरुद्दि अन्सारीले मिलाउन लागेका हुन्। प्रधानमन्त्री ओलीको खर्च अन्सारीले व्यहोर्ने कुराको पुष्टि सिंगापुरबाट बाहिरएको एउटा फोटोले पनि गरेको छ।

फोटोमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाकार अच्युत मैनाली उनै अन्सारीका साथमा छन्। मैनाली प्रधानमन्त्रीसँगै सिंगापुर पुगेका थिए। स्रोतका अनुसार अन्सारी प्रधानमन्त्री सिंगापुर पुगेको दुई दिनपछि सिंगापुर पुगेका थिए। प्रधानमन्त्री साउन १८ गते सिंगापुर गरेका हुन्।

अन्सारी विवादित छविका व्यक्ति हुन्। उनले सञ्चालन गरेका मेडिकल कलेजमा कलेजमा डन दाउदको लगानी रहेको भारतीय मिडियाहरूले आरोप लगाउने गरेका छन्। भारतीय मिडियाहरूले अन्सारीलाई भारतीय अन्डरवर्ल्ड डन दाउदका नेपाल एजेन्टको आरोप लगाउँदै आएका छन्।

अन्सारीले वीरजञ्जमा नेशनल मेडिकल कलेज सञ्चालन गरेका छन्। उनी त्यसको प्रबन्ध निर्देशकसमेत हुने। उनले काठमाडौंको अनामनगरमा काठमाडौं मेडिकल कलेज स्थापना गरेका छन् तर सरकारले त्यसलाई मान्यता दिएको छैन।

उनले आफ्नो संस्थालाई मान्यता दिलाउन प्रधानमन्त्रीदेखि नेताहरूलाई प्रभावमा पार्ने गरेका छन्। नेताहरूलाई प्रभावमा पारेर शक्ति केन्द्र वरिपरी बसेर संस्थालाई सम्बन्धन दिलाउन चाहन्छ।

प्रधानमन्त्री ओली यसअघि अर्का मेडिकल सञ्चालक दुर्गा प्रसाईंलाई च्यापेका थिए। यसै विषयमा प्रसाईंले ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई घरमा मार्सी चामलको भात खुवाएरको विषयले निकै चर्चा पाएको थियो।

उनको लगानी रहेको मेडिकल कलेजलाई सम्बन्धन दिने प्रावधानसहित संसदबाट विधेयक पारित गरिएको थियो। उक्त विधेयकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र चिकित्सा शिक्षा अभियान्ता डा. गोविन्द केसीले असन्तुष्टि जनाएका थिए।

उनी कार्यकारी निर्देशकसमेत रहेको बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले सम्बन्धन प्राप्त गरिसकेको छ। बिर्तामोडमा रहेको बिएण्डसीले छिट्टै पढाइ पनि सुरु हुँदैछ।

केपी शर्मा ओली दुर्गा प्रसाई नेसनल मेडिकल कलेज बरसुद्दिन अन्सारी

संम्बधित खबर

विशेष