मालिकसंग गीत गाउने गधा

मालिकसंग गीत गाउने गधा

कसैको स्वर राम्रो भएन भने उसलाई उडाउँदै भन्ने गरिन्छ – ‘गधाको मित ।’ तर त्यही गधाले गीत गायो भन्दा तपाईंलाई कस्तो लाग्ला ? हो, अहिले सामाजिक सञ्जालमा एउटा यस्तै दृश्य भाइरल भएको छ । गधाको मालिक गीत गाउने अनि गधा त्यही स्वर पछ्याउने । 

अमेरिकाको दक्षिण क्यारालोनमा बसोबास गर्ने ट्रेविस किन्लेले यस्तै भिडियोसहित दृश्य सार्वजनिक गरेका छन् । उनी र गधा संगसंगै गीत गाउँछन् । अंग्रेजी सिनेमा ‘लायन किङ’को गीत जब उनी बेस्सरी गाउँछन, गधाले पनि साथ दिइहाल्छ । मालिक र गधाको यो दोस्ती सवैका लागि आश्चर्य बनेको छ । 

प्राप्त जानकारी अनुसार यसअघि यो गधा नेथम नामका मानिसले पालेका थिए । कराएर दुख दिएपछि उनले १ सय डलरमा बेचेपछि ट्रेविसले लिएका थिए । अहिले ट्रेविसको भन्दा गधाको सामाजिक सञ्जालमा चर्चा छ । ४० लाखले गधा र मालिकको गीत सामाजिक सञ्जालमा सुनिसकेका छन् । 
 

गीत गधा

संम्बधित खबर

विशेष