चकलेट खानाले बढ्छ गोरोपन

चकलेट खानाले बढ्छ गोरोपन

चिरिच्याँट्ट भएर हिँड्न कसलाई मन नपर्ला ? कालो मानिसलाई काले भनेको मन पर्दैन । गोरो मानिसलाई गोरे भन्यो भने त्यो पनि पच्दैन् । तर हरेक मानिसलाई सुन्दर हुने लोभ छ । ब्यूटीपार्लर जानुस, भीड छ । कुनै भोजमा जानुस– स्मार्ट र ब्यूटी हुने प्रतिस्पर्धा नै देखिन्छ । आखिर गोरो हुने कसरी त ? चिन्ता लिएर कालो गोरो हुने पनि होइन ।

त्यसै पनि प्रदूषण, घाम र आवश्यक देखभालको कमीका कारण छालाको रंग धुमिल हुँदै जान्छ । बाक्लै चकलेट खानेलाई खुशीको खबर छ । हालै के पत्ता लागेको छ भने चकलेट खानाले मानिसमा गोरोपनको वृद्धि हुन्छ । डार्क चकलेट एक हप्तासम्म नियमित खाने हो भने छालाको रंगमा सुधार आउन शुरु हुन्छ । चकलेट फ्लेवेनोल र एन्टी एक्सीडेन्ट तत्वबाट भरिपूर्ण हुन्छ ।

यो तत्वले मानिसको छालामा आउने उमेरजन्य परिवर्तनलाई रोकेर सुन्दर राख्न सहयोग गर्छ । यस अलाव छालामा आउने हानिकारक पराबैजनी किरणलाई समेत यसले नियन्त्रण गर्दछ । 

खाने चकलेट  मात्र नभएर चकलेटको वासनामा फेसियल समेत बजारमा पाइन थालेको छ । यसको सहयोगले घर बसी बसी चकलेट मास्क तयार गर्न सकिन्छ । यो बनाउन पनि कठिन छैन् । जसको लागि आवश्यक हुन्छ– एक तिहाई कप धूलो पारिएको चकलेट । सानो चम्चाको तीन चम्चा बेसार र एक दाना कागती । यी तीन पदार्थ मिसाएर अनुहारमा लेप लगाएर २० मिनेटपछि सफा गर्नाले तपाईंको अनुहारमा आश्चर्यजनक परिवर्तन आउन सक्छ ।  
 

चकलेट गोरोपन

संम्बधित खबर

विशेष