विदेश

अब पालो उड्ने मोटरसाइकलको

अब पालो उड्ने मोटरसाइकलको

हामी भातकै समस्याले पिराेलिरहेका छाैं तर यही धर्तीको कुनै मान्छे एक्लै उड्नसक्ने क्षमताको भइसकेको छ । हेराैं पछिल्ला प्रविधिहरू

जापानले सन् २०२२ देखि बजारमा पठाउने गरी उड्ने मोटरसाइकल निर्माण गरिरहेको छ । A.L.I. Technologies ले निर्माण गरिरहेको 'होभर बाइक' को अक्टोबरदेखि बुकिङ समेत खुला भएको छ । प्रोपेलर पावर प्रयोग गरिएको यो बाइक जमिनभन्दा १० मिटरमाथि प्रतिघन्टा २०० किलोमिटरका दरले उड्न  सक्छ ।

सन् १९३४ मा वाल्डो वाटरमेनले आविष्कार गरेको फ्लाइङ कारकाे पहिलो काम गर्ने स्वरूप सन् १९५६ मा अमेरिकी लगानीकर्ता Moulton Taylor ले तयार पारेका थिए । जसको नाम Aerocar दिएका थिए । अहिले निम्न १० वटा फ्लाइङ मेसिन एवम् ट्याक्सीहरू व्यवसायिक रूपमै सेवा दिन आतुर छन् । 

- Uber’s VTOL taxis
- AeroMobil’s prototype
- Airbus Vahana
- Kitty Hawk’s flying prototype
- Volocopter 2X
- Workhouse SureFly
- Opener BlackFly 
- Terrafugia’s Transition
- Ehang 184
- Joby Aviation’s air taxi
...
स्वीट्जरल्यान्डका जेट म्यान Yves Rossy को नवप्रवर्तनमा जन्मिएको जेट प्याक एक व्यक्ति उडानका लागि अहिले निकै प्रख्यात छ । यसलाइ जेटप्याक प्रविधि भनिएको छ भने उड्नेलाइ जेटम्यान । 

फ्रान्सका आविष्कारकर्ता Franky Zapata ले जेट इन्जिनबाट शक्ति दिइएको फ्लाइबोर्डमा विभिन्न पटक प्रत्यक्ष उडेर संसारलाइ चकित तुल्याइसकेका छन् । उनले फ्लाइबोर्डमा ठिङ्ग उभिएर २० मिनेटमा समुद्रमाथि ३५ किलोमिटर दूरी पार गरेका हुन् । यो सैनिक क्षेत्रमा व्यक्तिगत रूपमा प्रयोग हुनसक्ने एउटा शसक्त प्रविधि बन्नसक्ने देखिएको छ ।

एक जना मान्छे बसेर चलाउन मिल्ने बिजुलीबाट चल्ने पानीको सतहमा १२० किलोमिटर र त्यसमाथि ९० किलोमिटर प्रतिघन्टा उड्नसक्ने Flynano technology तपाइलाइ उडाउन तम्तयार छ । 

यी र यस्ता धेरै प्रविधिहरूले सन् २०२० भित्रै संसारमा ठूलो चमत्कार गर्दैछन् । कुरो मेहेनत, लगाव, सोच र श्रोत साधनको सदुपयोगको हो ।

उड्ने मोटरसाइकल

विशेष