News स्वास्थ्य

गौतमलाई डेंगु नभएको पुष्टि

गौतमलाई डेंगु नभएको पुष्टि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमलाई डेंगुको संक्रमण नभएको पुष्टि भएको छ। सोमबार ज्वरो आएपछि गौतमले टेकु अस्पताल परीक्षण गराएका थिए। परीक्षण रिपोर्टमा गौतमलाई डेंगुको संक्रमण नरहेको पाइएको हो।

उनलाई शनिबार ज्वरो आएपछि चिकित्सकहरूले डेंगुको आशंका गरेका थिए। नेता गौतमका छोरा हरिश गौतमलेले उनी सामान्य रुघाखोकीका कारण घरमै आरामै गरिरहेको बताएका छन्। उनले सामाजिक सञ्जाल र समाचारमा आएजस्तो नेता गौतम डेंगुबाट संक्रमित नभएको जानकारी गराए ।    

अहिले ६१ जिल्लामा डेंगुको संक्रमण फैलिएको  तथ्यांकले देखाएको छ। कृषिमन्त्री चक्रपाणि खनाललाई समेत डेंगु देखिएको थियो भने वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतलाई पनि डेंगुको संक्रमण देखिएको छ। 

विशेष