नेकपाको जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमस्थलमै झडप

नेकपाको जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमस्थलमै झडप

महोत्तरी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश-२ अन्तर्गतको २ जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमस्थलमै झडप भएको छ । सिरहा र सप्तरी जिल्ला कमिटीको सपथग्रहण कार्यक्रम राखिएपछि झडप भएको हो । विवादका बीच महोत्तरीको बर्दिबासस्थित सेवा समितिको हलमा उक्त कार्यक्रम राखिएको थियो ।  

झडपका क्रममा प्रदेश २ प्रदेश कमिटी सदस्य सप्तरीको राजविराज नगरपालिका-८ का देवनाथ यादव घाइते भएका छन् । झडपका क्रममा प्रहरीको लाठी चार्जबाट उनको टाउकोमा चोट लागेको जनाइएको छ ।

मनोनयनमा पार्टीका नेताहरूले एकलौटी गरेको भन्दै एक समूहले विरोध गर्दै आएको थियो । विरोधका बीच अरू जिल्लाको सपथ कार्यक्रम स्थगित गरेर सिरहा र सप्तरीको सपथग्रहण तय गरिएको थियो ।

नेकपाका केद्रिय सदस्यराजु खड्काले सिरहा र सप्तरीबाहेक अन्य जिल्लाको शपथ ग्रहण स्थगित भएको जानकारी दिए । नेकपा प्रदेश कमिटी इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलले विवाद समाधान नगरी सपथग्रहण गराए पनि यो अवस्था आएको बताइएको छ।

नेकपा

संम्बधित खबर

विशेष